
चैत्र,२३- नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ । सन् २०२१ भरमा नेपालवाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येवाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए ।

पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि नै स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरि टक्सार आर्थिक म्याजगिनमार्फत सार्वजनिक गरेको इञ्जाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ।
अमेरिकाको राजधानी वाशिङटनमा मुख्यालय रहेको इञ्जा खोजी पत्रकारिता पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ । इञ्जाले खोजी पत्रकारिता पुरस्कारको अलावा हरेक वर्ष एक हजार अमेरिकी डलर राशीको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ भने यस वर्षवाट इञ्जा पत्रकारिता वौद्धिक पुरस्कार समेत थप गर्न लागेको जनाएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर