
चैत्र,२३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनेका बेला चितवनको माडी क्षेत्रमा अवस्थित अयोध्यापुरीलाई रामको जन्मभूमि दाबी गरे । लगत्तै उनले त्यहाँ राम मन्दिर बनाउन निर्देशन दिए ।

ओलीकै अगुवाइमा अहिले माडी क्षेत्रमा हनुमान, सीता र भगवान् रामचन्द्रको मूर्ति प्रतिस्थापन गरिसकिएको छ । ओलीले भगवान् रामको जन्मस्थल अयोध्या यही भएको बताउँदै राम सीता र हनुमानको मूर्ति तामझामका साथ बालुवाटारबाट माडी लगेर खडा गराएका हुन् ।
अयोध्यापुरीमा सीता, राम र हनुमानको मूर्ति स्थापना भइसकेपछि त्यहाँको पर्यटकीय एवं धार्मिक महत्त्व के कस्तो बढेको छ त ? भरतपुरमा भेटिएका माडीका मेयर ठाकुरप्रसाद ढकाललाई हामीले सोध्यौँ, ‘त्यहाँको स्थिति अहिले कस्तो छ ?’
मेयर ढकालले व्यङ्ग्य गर्दै भने, ‘केपी ओलीजीले रामको जन्मभूमि अयोध्यापुरीबाट पनि सारिसक्नुभयो । भगवान्लाई बसाइँ सार्नुभयो । त्यहाँबाट ६० किलोमिटर परको क्षेत्रलाई उहाँले रामको जन्मभूमि बताइसक्नुभयो ।’
एमाले अध्यक्ष ओलीले गत फागुन २७ मा पोखरामा आयोजित प्रेस चौतारीको राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोलेको विषयलाई लिएर मेयर ढकालले उनीमाथि कटाक्ष गरेका हुन् । पोखरामा बोल्ने क्रममा ओलीले रामका पिताको नाम दशरथभन्दा पहिले नेमी रहेको र रामको जन्मस्थान वीरगञ्ज भन्दा ६० किलोमिटर पश्चिमतिर भएको बताएका थिए ।
ओलीले पोखराको भाषणमा यस्तो भनेका थिए–
‘रामका बा नेमी भन्ने माडीको छेउमा थिए । वीरगञ्जभन्दा करिब–करिब ६० किलोमिटर पश्चिम होला, माडी अथवा ठोरीमा । अहिलेको माडी र ठोरीको बीच–बीचमा पर्छ, त्यो । पहिलेको ठोरी नै हो, त्यो ठाउँ । त्यहाँ रामको जन्म भएको थियो र त्यसबेला त्यहाँको राजाको नाम थियो नेमी । जसले ४२ सय वर्षअघि मेसोपोटामियामा आविष्कार भएको गाडा नेपालमा ४० सय वर्षअगाडि ल्याए र त्यसलाई घोडा लगाएर १० वटा रथ बनाए । १० वटा रथ बनाएकै कारणले गर्दा नेमीको नाम दशरथ रह्यो । सत्ययुग भनेको एकदम पछाडि परेको जमाना हो ।’
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर