
चैत्र,२१- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७३ पैसा र बिक्री दर १३४ रुपैयाँ ४० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६४ पैसा र बिक्री दर १५९ रुपैयाँ ४३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६९ मात्र र बिक्री दर १३१ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७३ पैसा र बिक्री दर ९१ रुपैयाँ १८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १० पैसा छ । जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ एक पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ दुई पैसा र बिक्री दर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर