
चैत्र,२०- जनकपुरधाममा यही चैत २३ गतेबाट तीन दिनसम्म “जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८” हुने भएको छ । मैथिली विकास कोषको आयोजनामा हुन लागेको जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकारहरु सहभागि हुने भएको आयोजकले जनाएको छ ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मैथिली विकास कोषले सो महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने जनाएका छन् ।
महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गरिने कार्यक्रम समेत रहेको कोषको अध्यक्ष जीवनाथ चौधरीले बताए ।
महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंगारंग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिने कार्यक्रम रहेको उनले बताए ।
यस अघि कोषले २०७३ सालमा पहिलो महोत्सव तथा २०७५ सालमा दोश्रो महोत्सव सफलता पूर्वक सम्पन्न गरेको थियो ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर