
काठमाडौँ – साहित्यिक पत्रकार सङ्घले ४१औँ कथा दिवसको उपलक्ष्यमा आधुनिक कथाको सुरुवातकर्ता गुरुप्रसाद मैनालीप्रति स्मरण गरेको छ । थाहा पुस्तकालय मीनभवनमा आयोजित उक्त कार्यक्रममा कथाकार मैनालीका कथा लेखनको चर्चा गर्दै विभिन्न सर्जकले लघुकथा वाचनसमेत गरेका थिए । साहित्यिक पत्रकार सङ्घले २०३८ सालदेखि निरन्तर कथा दिवस मनाउँदै आएको छ ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य माया ठकुरीले प्रत्येक व्यक्तिले आफू उभिएको स्थान र सहयोग गर्नेहरूलाई बिर्सन नहुने बताइन् । सो कार्यक्रममा कथाकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेल, राधा कार्की, निर्मल पराजुली, मौनता थापा र श्रीराम राईले लघुकथा वाचन गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा गुरुप्रसाद मैनाली र नेपाली कथासाहित्यबारे भएको परिचर्चा भएको थियो ।
सो क्रममा समालोचक प्रमोद प्रधानले मैनाली नेपाली कथासाहित्यमा विषयवस्तु, संरचना, शैली, भाषा सबै दृष्टिले नेपाली कथाका पहिलो आधुनिक र महत्त्वपूर्ण कथाकार भएको बताए । यसैगरी साहित्यकार गोविन्द गिरी प्रेरणाले मैनालीका कथामा समाजको फैलावट र गहिराइ दुवै पाइने उल्लेख गरे ।
कथाकार बाबा बस्नेतले मैनालीका कथाका नारी पात्रहरूमा विद्रोह चेतना नभएर पलायन प्रवृत्ति रहेको बताइन् भने समालोचक उपमा आचार्यले मैनालीका कथाहरू नेपाली साहित्यका मानक कथा भएको धारणा व्यक्त गरे ।
संवाद कार्यक्रमका सहजकर्ता साहित्यकार डा. दामोदर पुडासैनी किशोरले मैनालीको योगदानलाई कसैले पनि बिर्सन नहुने बताए । सो कार्यक्रममा साहित्यकार मीना शाक्यलाई सम्मानसमेत गरियो ।
मुरारी सिग्देलले सञ्चालन गरेको उक्त कार्यक्रममा थाहा पुस्तकालयका उपाध्यक्ष शिव अधिकारी, स्व. मैनालीको कान्छी बुहारी भारती मैनाली, विमल भौकाजी, डा. सृजना शर्मा, उषा केसी, कमला शाक्य, पारु तिमिल्सिना, मुना बोहरा, मधुसूदनप्रसाद घिमिरे, हेमा शर्मा लगायतको उपस्थिति थियो ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर