
१९ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयाे ।
नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेकाे नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्याे ।मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दाेस्राे स्थानमा रहेर फाइनल पुग्याे । अब नेपालले फाइनलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।
ओपनर विरनदिप सिंहले विष्फाेटक ब्याटिङ गर्दै मलेसियालाई आक्रमक सुरुवात दिलाएपनि अर्का ओपनर जुबाइदी जुल्किफल पहिलाे ओभरकाे अन्तिम बलमा खाता नखाेली आउट भए । मलेसियाले सुरुवाती तीन ओभरमा १ विकेट गुमाएर ३७ रन जाेडेकाे थियाे । तर त्यसपछि नेपाली बलरले कमब्याक गर्दै मलेसियाकाे रनको गति राेक्याे
पहिलाे ओभरमा जुबाइदीलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका नेपालका कमल सिंह ऐरीले विरनदिपलाई छैटाैं ओभरमा आसिफ शेखबाट क्याचआउट गराए ।
मलेसियाका लागि विरनदिपले २६ बल खेल्दै ९ चाैका प्रहार गरेर ४७ रन बनाए । कप्तान अहमद फैजले ३३ र सयद अजिजले १७ रन जाेडे ।फैज र अजिज दुवैलाई कप्तान सन्दीपले कुशल भुर्तेलबाट क्याचआउट गराए ।
त्यसपछि मलेसियाले लगातार विकेट गुमायाे । सर्भिएन मुनिएण्डी र मुहम्मद अमिर समान १, मुहमद स्याहदत ८, अइनुल हाफिज १८ रन बनाएर आउट भए । स्याज्रुल इद्रुसले खाता समेत खाेल्न सकेनन् । मुहम्मद वाफिक १ रन बनाएर आउट भए । पवनदिप सिंह ४ रनमा अविजित रहे ।
बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । यस्तै कमल सिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए । कुशल भुर्तेल र राेहित पाैडेलले समान १ विकेट लिए ।
त्यसअघि दीपेन्द्र सिंह ऐरीले अविजित ११० रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ४ विकेट गुमाएर २२३ रन बनाएकाे थियाे । दीपेन्द्रले ५७ बल खेल्दै १० चाैका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए ।
दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दाेस्राे नेपाली खेलाडी बने । दीपेन्द्रले यसअघि त्रिवि क्रिकेट मैदानमै भएकाे एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी विरुद्ध शतक प्रहार गरेका थिए ।यसअघि पूर्वकप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए । पारसले सिंगापुर विरुद्ध टी-२० र युएई विरुद्ध ओडीआईमा शतक बनाएका थिए ।यस्तै दीपेन्द्र टी-२० आईमा शतक बनाउने चौथाे नेपाली खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी-२० आईमा शतक प्रहार गरिसकेका छन् ।
यस्तै राेहित पाैडेलले पहिलो टी-२० अन्तर्राष्ट्रियमा पहिलाे अर्धशतक प्रहार गरे । राेहितले ३४ बल खेल्दै ५ चाैका मद्दतमा ५१ रन बनाए । दीपेन्द्र र राेहितले तेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी गरेका थिए ।
ओपनर आसिफ शेखले १८, आदिल अन्सारीले १४, कुशल भुर्तेलले १२, आरिफ शेखले २ रन बनाए । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनकाे साझेदारी गरे ।
मलेसिया विरुद्ध बनाएकाे रन नेपालले टी-२० अन्तर्राष्ट्रिय बनाएकाे तेस्राे ठूलाे स्काेर हाे । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमै नेदरल्याण्ड्सविरुद्ध २३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमै १३ औं सागमा भुटान विरुद्ध २३६ रन बनाएकाे थियाे ।बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर