
चैत्र,१८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला किन विदेश भ्रमणमा जानुभएछ ? भनेर प्रश्न गरेका छन् । साथै उनले प्रधानमन्त्री आएपछि सोध्ने समेत बताएका छन् । शुक्रबार अनेरास्ववियुको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावका बेला प्रधानमन्त्री किन विदेश भ्रमणमा जानुभएछ भनेर प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्री जी विदेश जानुभएछ, ठ्याक्कै चुनाव अगाडि किन जानुभएछ ?’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘आएपछि सोध्नुपर्ला । यति समय जानुभएन यतिबेलै किन जानुभयो ?’ एमालेले प्रधानमन्त्रीको भारत भ्रमणबारे विपक्षी दलसँग कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि समेत जनाइसकेको छ ।
त्यसक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपाललाई ऐंजेरुको संज्ञा पनि दिएका छन् । उनले विद्यार्थीहरुको मुल संगठन अनेरास्ववियू रहेको भन्दै नेविसंघ खोलेर केही भाइबहिनी बेकारमा बसेको समेत बताए ।
‘नेविसंघ खोलेर किन भाइबहिनी बसेका छन् बेकारमा, अरु त पछि पलाएका चिउला हुन्, यी प्रचण्ड माधव भनेको त ऐंजेरु हुन् ऐंजेरु’, ओलीको भनाइ छ । अध्यक्ष ओलीले एमालेलाई पहिला माधव नेपालहरुले हार्ने बानी लगाएको भन्दै आफुले जित्ने एमाले बनाएर युवाहरुलाई हस्तान्तरण गर्ने पनि बताए ।
आफुले पहिला पनि माओवादीको गलत नीतिको विरोध गरेको भन्दै उनले प्रचण्डपथ भनेको के रहेछ ? भन्दै प्रश्न गरे । उनले एमालेले सामाजिक जागरणका रुपमा वैज्ञानिक चेत फैलाउने दावी समेत गरे । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन हराएर जाने भन्दै एमाले क्विन्टलको ढक र पाँच दल ५ किलोको ढक भएको पनि बताए ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर