
चैत्र,१८- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताएकी छिन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताएकी हुन् ।

उनले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताइन् । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो । नेपाल रेल्वे उद्घाटन कार्यक्रममा सरिक हुन जनकपुरधाम आएकी मन्त्री यादवले भनिन्, ‘विचार, मन र नियत मिल्यो भने गठबन्धन पनि भएको छ,’ उनले अघि थप्दै भनिन्, ‘लोसपालगायत अन्य दलसँग पनि गठबन्धन हुनसक्छ ।’
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर