
महेश कार्की बाजुरा- हिमाली गाउँ पालिकाको केन्द्र घुलाचौर बाट गाडी चढेर आधा घन्टाको यात्र पछि कवाडी पुगिन्छ । कवाडी बटा बिछ्याको यात्रा सुरु हुन्छ । कवाडी खोला हुँदै घनाघोर जङ्गल ठुला ठुला पहाड संगै उकाली र ओराली काटेर करिब छ घन्टाको पैदल यत्रा सके पछि साबिक बिछ्या गाबिसको केन्द बिछ्या पुगिन्छ । तेता बाट उतर तिर वडा नम्बर तीन नेटा युना बौडी गुम्बा लाम्पाटा हुँदै दुई दिनको पैदल बाटो हिडेर सैन पुग्न सकिन्छ । बिछ्या बाट पश्चिम तिर देउसैन टिन तरिखोला बाम हुदै पेठे गाउँको लामो अति सुन्दुर झरना हेर्न हेर्न सकिन्छ । दक्षिणतिर कोटिगाउ कोट रुम्दी किउडी र सुप हुँदै कवाडी पुगिन्छ। मोति झौ टल्किने हिमाल बहुमुल्य जडिबुटी र पाटन भरी अनेक प्रकारका रंगीचंगी फुलले बिछ्याको सुन्दरतामा रंग भरेको छ ।


अभाव अशिक्षा भौगोलिक विकटता सङ्ग जुधी रहेका बिछ्या बासी जनता अहिले संघीयता पछि अलि अलि सरकार भएको आभास गरि रहेका छ ।बाजुराको सदरमुकाम मार्तडी बाट चालिस कोष टाढा रहेको बिछ्याका जनता अनेकौं समस्य सङ्ग मितेरी लाउदै जीवन जिउनु पर्ने बाध्यता छ ।
पहिले पहिले चार दिनको बाटो हिडेर कोल्टी बाट दैनिकी उपभोग्य बस्तु लिनु पर्ने समस्य रहेको बिछ्यामा अहिले कवाडी सम्म नुन डिपो र चामल डिपो पुगेको छ । सामान्य बिमारी हुदा सिटामोल समत पाउन गाह्रो हुने ती दुर्गमका गाउँ हरुमा अहिले स्वास्थ चौकी स्थापना गरेर स्वास्थकर्मि खटिएका देख्न पाईन्छ । पहिले बिमारी हुदा घरमै प्राथमिक उपचार जडिबुटी खाएर बस्ने गरेको थियौ अहिले हप्ताको एक दिन औसधि बोकेर स्वास्थ कर्मी गाउँमै पुग्छ्न र बिमारी लाई चेकजाँच गरेर औसधि दिएर जाने गरेको बताउछ्न हिमाली गाउँ पालिका वडा नम्बर तिन गुम्बाका स्थानीय किस्न लामा । एक बस्ती बाट अर्को बस्ती पुग्न ५/६ घन्टा पैदल यात्रा गर्नु पर्ने समस्य सङै टेलीफोनको भने निकै समस्य रहेको छ ।

बिस्वले सञ्चार जगतमा निकै फट्को मारिरहेका बेला बिछ्यामा भने टेलीफोन सेवा प्रभावकारी छैन । टेलीफोन नहुदा जनजीवनमा निकै कष्टकर हुने गरेको र दुखी बिमारी हुदा आफन्त सम्म खबर पुर्याउनु परे घर बाट टाढा डाडो चडेर फोन गर्नु पर्ने समस्य रहेको स्थानीयको गुनासो छ। बिगतका दिन हरुमा हस्पिटल टाढा हुने र बच्चा लाई खोप समेत लगाउन थाहा थिएन तर यतिखेर गाउँमा स्वास्थ चौकी स्थापना भए पछि सामान्य उपचार सहित खोप सेवा सजिलै पाउने गरेको वडा नम्बर एकका स्थानिय चिरन रोकायले बताए । पुख्र्यौली देखि कुवा र खोलाको पानी खाने गरेका बिछ्याका जनताले अहिले हिमाली गाउँ पालिकामा एक घर एक धारा कार्यक्रम अन्तरगत प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा घर घरमा धारा देख्न पहिन्छ । घरघरमा पानी पुगे पछि बिछ्याका जनताले अलिअली भएपनि आफुलाई खान पुग्ने गरि तरकारी खेती सुरु गरेका छ्न । साविकको बिछ्या गाबिसमा दुई वटा माबी र आठ आधारभूत गरि दश वटा बिधालय रहेका छन । तर दस वटा बिध्यालय हुदा पनि एसिई सकिसके पछी माथिल्लो तहको पढाई गर्न तीन दिनको बाटो हिडेर कोल्टि जानू पर्ने समस्य उस्तै रहेको एकजना बिध्याथी राम ब थापाले बताए । थापाका अनुसार अलि अलि पुजि हुनेका बालबालिका कोल्टी लगायत जिल्ला बाहिर गएर अध्यान गर्छ्न नत्र प्रराय बिद्यार्थी हरुले एसिई पछि पढने मन हुदा हुँदै पनि बाध्यताले बिध्यालय छोडने गरेको पाईन्छ । गाउँ पालिकाले अझै शिक्षा क्षेत्र लाई गुणस्तर बनाउन विभिन्न शैक्षिक कार्यक्रम बनाई रहेको छ।

यो आर्थिक बर्शमा धुलो मुत्त बिध्यालय कार्यक्रम सुचारु गरेर सबै बिध्यालयमा प्रयाप्त मात्रामा डेस्क,बैन्च
र कार्पेट बितर गरेको छ । हिमाली गाउँ पालिका खडेरीले गर्दा भोकमरी हुने भएकाले गाउपालिकाले त्यहाँ का जनताको आर्थिक अवस्था लाई माथी उठाउन फलफूल खेतीको सुरुवात गरेको गाउपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत राज ब भन्डारिले बताउनु भयो । एक घर परिवार बराबर तीस बोट फलफूलका बोट बितरण गरेको र फलफूलका बिरुवा लगाय वाफत प्रती बोट बराबर पाँच केजि चामल समेत उपलब्ध गराउने गरेको छ। यो बर्श मात्रै हिमाली गाउँ पालिकाको वडा नम्बर एक बाममा कृषि ज्ञान केन्द्र बाजुरा र गाउँ पालिकाको लगानीमा १३ सय बोट एक बर्षमै फल्ने इटालियन फुजी स्याउ रोपिएको बामका स्थानीय जोखेलाल भन्डारिले बताउनु भएको छ । भौगोलिक विकटता कारणले बिछ्या अझै सडक संजालमा जोडिन छैन सकेको छैन।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर