• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कर्णाली

ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

खप्तड मालिका न्युज March 31, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,१७- जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् ।

२४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए । ‘हामीले अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएका थियौँ,’ उनले भने, ‘बाँकी सबै आफैँ ठिक भएका छन् ।’

विद्यार्थीले खाएका जुसका दुई सयभन्दा बढी डिब्बा फेला परेको प्रिन्सिपल गिरीले जानकारी दिए । उनले भने, ‘बिरामी भएलगत्तै प्रत्येक विद्यार्थीको कक्षा कोठा र झोला हेरेर दुई सयभन्दा बढी ट्यांक जुस खाएको डिब्बा फेला पार्‍यौँ ।’

बिरामी परेका विद्यार्थीको अवस्था समान्य रहेको अभिभावक बमबहादुर कामीले बताए । सबै अभिभावकलाई विद्यालयले बैठक बोलाएको छ । जुस सेवन गरेका विद्यार्थीको पेट दुख्ने, टाउको दुख्न, बान्ता गर्ने समस्या देखिएको उनले बताए ।

बालबालिका बिरामी परेपछि हिमाली बोडिङमा अध्ययनरत बालबालिकालाई स्वच्छ खानेपानी खुवाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको छ ।

विद्यार्थीले सेवन गरेको जुसको म्याद सन् २०२१ मा सकिए पनि व्यापारीले बिक्री गरिरहेको फेला परेको छ । सन् २०२२ को चौथो महिना लागिसके पनि बजार अनुगमन शून्य हुँदा व्यापारीको म्याद सकिएको खाद्यवस्तु बिक्रीमा मनोबल बढेको अभिभावक बताउँछन् । चार महिनाअघि नै म्याद सकिएको जुस सेवन गरेका विद्यार्थी बिरामी परेपछि बल्ल सरोकारवालाले बजार अनुमगन थालेका छन् ।

एकैपटक धेरै विद्यार्थी बिरामी परेको समाचार बाहिरिएसँगै जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्ला, उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको छ ।

दर्ताविनै सञ्चालन

गुठीचौर गाउँपालिका– ५ देपालगाउँस्थित हिमाली बोडिङ नजिकै सञ्चालित ट्यांक जुस बिक्री गरेका पसल दर्ता नभएको भेटिएको छ । सुशील भण्डारीले सञ्चालन गरेको दर्ताविहीन पसलबाट पनि म्याद नाघेको जुस किनेर खाँदा आफू बिरामी परेका बालक सुशान कामी बताउँछन् ।

भण्डारीले जस्तै त्यहाँ सञ्चालित करिब एक दर्जन पसल दर्ता नगरी सञ्चालन भएको पाइएको र अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु बढी बिक्री भएको भेटिएको छ । दर्ता गरेर व्यवसाय गर्न अनुगमनका क्रममा निर्देशन दिइएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यलय प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

उनले भने, ‘एक हप्ताभित्र अनिवार्य रुपमा दार्ता गर्नका लागि पसल सञ्चालकलाई निर्देशन दिइएको छ । एक हप्ताभित्र दर्ता नगरी सञ्चालन गरिएको पाइएका तत्काल बन्द गरिनेछ ।’

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑