
चैत्र,१६- बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले हालै सोसल मिडियामार्फत् सलमानमाथि अप्रत्यक्ष रुपमा केही आरोप लगाएकी छिन् । उनले आफ्नो पोस्टमार्फत् कसैको नाम नलिई बलिउडका हार्वे वेनस्टेनलाई धम्की दिएकी छिन् । साथै, उनले ऐश्वर्या राय बच्चनको नाम पनि लिएकी छिन् । स्मरण रहोस्, हार्वे विन्स्टेन हलिउडका चर्चित निर्माता र फिल्म निर्माता हुन् । हार्वेमाथि एक, दुई नभई थुप्रै महिला र नायिकाले बलात्कार, कुटपिट र धम्कीको आरोप लगाएका थिए ।

सोमीले अप्रत्यक्ष रुपमा सलमानलाई दिइन् धम्कीः
सलमानले आफ्नो पोस्टको क्याप्सनमा लेखिन्, ‘बलिउडका हार्वे विन्स्टेन, एकदिन तिम्रो पनि पर्दाफास हुनेछ । जुन महिलालाई तिमीले दुरुपयोग गरेका छौँ, एकदिन उनीहरु अगाडि आउनेछन् र वास्तविकता बताउनेछन् । जस्तै ऐश्वर्या राय बच्चनले गरेकी थिइन् ।’
ऐश्वर्याको कारण भएको थियो सलमान–सोमीको ब्रेकअपः
सोमीले एक पुरानो अन्तरवार्तामा सलमानसँग आफ्नो सम्बन्धबारे कुरा गर्दै भनेकी थिइन्, ‘सलमान मेरा पहिलो प्रेमी थिएा । तर ऐश्वर्या राय बीचमा आइन् र मेरो सम्बन्ध टुट्यो । म किशोरी हुँदा नै मेरो सलमानमाथि क्रस थियो । यहि क्रसले मलाई फ्लोरिडाबाट भारत ल्याइपुर्यायो । मैले फिल्ममा यसकारण काम गर्न सुरु गरेको थिएँ ताकि म सलमानसँग विवाह गर्न सकूँ ।’ सन् १९९७ मा सलमानको निकटता ‘हम दिल दे चुके सनम’ को सेटमा ऐश्वर्या रायसँग बढ्यो र सोमीसँग उनको ब्रेकअप भएको थियो ।
करिब ८ वर्षसम्म सम्बन्धमा रहेका थिए सलमान–सोमी
सन् १९९१ देखि १९९७ को बीचमा सोमीले फिल्म ‘अंत’, ‘किशन’, ‘अवतार’, ‘तिसरा कौन’, ‘आन्दोलन’ र ‘अग्निचक्र’ जस्ता करिब १० फिल्म र केही विज्ञापनमा काम गरेकी थिइन् । सोमीको भेट सलमानसँग एउटा स्टुडियोमा भएको थियो । करिब ८ वर्षसम्म सोमी सलमानसँगको सम्बन्धमा रहिन् । यी दुईले फिल्म ‘बुलंद’ मा सँगै काम गरेका छन् जुन आजसम्म रिलिज हुने सकेन । यो फिल्म ८० प्रतिशत सुट भइसकेको थियो ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर