• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

एक लाख २१ हजार मेटन चामल मौज्दात

खप्तड मालिका न्युज August 19, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख एक्काइस हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग अठार हजार ४३६ र निजी क्षेत्रका उद्योगसँग एक लाख एकाइस हजार छ मेट्रिक टन गरी कुल एक लाख एक्काइस हजार छ मेट्रिक टन चामल मौज्दात छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा तीन हजार ५६६ मेट्रिक टन चामल, ६१० क्विन्टल फापर र ५३४ क्विन्टल सिमी मौज्दात छ ।
त्यस्तै मुलुकका विभिन्न स्थानमा रहेका ठूला चामल उद्योग र कृषकसँग एकसठ्ठी हजार ५४ मेट्रिक टन धान मौज्दात रहेकाले चामल उत्पादनमा कुनै समस्या नरहेको उहाँले जिकिर गर्नुभयो । मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ र चना सोह्र हजार ८१ मेट्रिक टन मौज्दात छ ।
पाँच हजार मेटन तेल मौज्दात
मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका तेल उद्योगसँग पाम आयल ४८६ मेट्रिक टन, पामोलिन एक हजार ९१९ मेट्रिक टन र सोयाबिन तेल एक हजार ६१६ मेट्रिक टन मौज्दात छ ।
त्यस्तै सूर्यमुखी तेल ८४६ मेट्रिक टन मौज्दात तथा छ हजार ३४६ मेट्रिक टन आयातका क्रममा छ । कोलकातामा समेत ७० हजार ८६६ मेट्रिक टन तेल मौज्दात छ ।
राहत वितरण
लकडाउनका अवधिमा कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानीय तहको मागानुसार खाद्य पदार्थको बिक्रीवितरण समेत गरेका छन् । मन्त्रालयको तथ्यांकानुसार कम्पनीले २९ जिल्लामा तीस हजार ८२६ दशमलव ३६ क्विन्टल चामल बिक्रीवितरण गरेको छ ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले पैँसठ्ठी हजार ६५३ किलो नुन, पैँतालीस हजार ६११ लिटर तेल, पाँच लाख छब्बीस हजार २८५ किलो चामल, त्रियानब्बे हजार २३० किलो दाल र त्रिसठ्ठी हजार ६४० किलो चिउरा बिक्री गरेको छ ।
कर्पोरेशनले सत्र हजार चार सय किलो चिनी, सात ब्याग पिठो, त्रिसठ्ठी हजार ८२ साबुन, सय किलो चिया, ५५० किलो मस्यौरा गरी आठ लाख ७५ हजार ५५८ किलो खाद्य पदार्थ र अन्य वस्तु स्थानीय तहहरुलाई राहतस्वरुप बिक्री गरेको छ ।
मौज्दात चिनी ६७ हजार मेटन
कर्पोरेशनका विभिन्न डिपोमा आइतबारसम्म तीन हजार ६०३ मेट्रिक टन चिनी मौज्दात छ । त्यस्तै निजी उद्योगसँग त्रिसठ्ठी हजार २०७ मेट्रिक टन चिनी मौज्दात रहेको छ ।
एक लाख त्रिपन्न सत्चालीस हजार ७४० मेट्रिक टन नून आयात प्रक्रियामा रहेको छ । विभिन्न दुर्गम जिल्लामा दुई हजार ४३० मेट्रिक टन आयोडिनयुक्त नून मौज्दात छ ।
लकडाउनका अवधिमा कम्पनीले काठमाडौँ उपत्यकाका रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा ९मोवाइल भ्यान० र अनलाइनमार्फत उपभोक्ताको माग अनुसार खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीले देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय÷बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ ।
साल्ट ट्रेडिङले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर खाद्य पदार्थ तथा अन्य सामग्री बिक्रीवितरण गर्दै आएको छ ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑