
बाजुरा : बाजुराको बुढिगंगा नगरपालिकामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु भएको छ। बुढिगंगा नगरपालिकाको साझेदारी तथा सीप विकास कार्यक्रमको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ बाजुराको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो।

अहिलेको आधुनिक प्रविधिसँग युवाहरूलाई जोड्दै उनीहरूको आन्तरिक क्षमता उजागर गरी प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले यो तालिमको आयोजना गरेको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिह ले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख बानियाँले अहिलेको युग प्रविधिको युग भएकाले भविष्य बोकेका युवाहरूका लागि नयाँ सन्देशमूलक भिडियो डकुमेन्ट्री बनाउन सक्ने र प्रविधिसँग जोडिन सक्ने क्षमता विकास गर्न यो तालिम सञ्चालन गरिएको बताए।
कार्यक्रममा बुढिगंगा नगरपालिकाकी उपप्रमुख माया कुँवर, वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैसी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सचिव धनराज साउद, नेपाल स्काउट सुदूरपश्चिम प्रदेशका संयोजक नरेन्द्र थापा र पत्रकार कृष्ण ओली लगायतको सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित वि कले स्वागत मन्तव्य गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रेम बहादुर रौलेले गरेका थिए। तालिममा नगरभित्रका युवाहरूको सहभागिता रहेको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर