
चैत्र,१५- काठमाडौँको न्यूरोडस्थित लगन टोलमा ५८ वर्षका पुरुषको हत्या भएको छ । काठमाडौँ महानगरपालिका–२१ स्थित लगन टोल घर भएका ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

हत्या आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवाले सहवहाल घर भएका ४७ वर्षीय विकास पोडे उर्फ घिउ साहुलाई पक्राउ गरेको छ । चैत २ मा विकासको कुटपिटबाट गम्भीर घाइते भएका पृथ्वी वीर डंगोलको चैत ८ मा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो । आरोपीलाई पक्रेर ‘ज्यान सम्बन्धी कसुर’मा म्याद लिएर अनुसन्धान भइरहेको परिसर काठमाडौँले जनाएको छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर