
बाजुरा : गौमुल गाउँपालिका–६ मा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । सोही वडास्थित शान्तीटोल गाउँकी कलु चदाँराकी १७ वर्षीया छोरी पुष्पा चदाँराको शुक्रबार बेलुकी करिब ७ बजेको समयमा भिरबाट लडेर मृत्यु भएको आफन्त कलक चदाँराले जानकारी दिएको छ ।

घरबाट पसल तिर गएकी चदाँरा फर्किने क्रममा रातीमाटो भीरबाट लडेर मृत्यु भएको आफन्त चदाँराले बताएका छन् । गाउँ नजिकैको मेलाबाट ५० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको मृतक पुष्पाका दाजु शन्तोष चदाँराले बताएका छन् ।
बिज्ञापन
पसलबाट राती ८ बजेसम्म पनि घरमा नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेको उनलका आफन्तले जानकारी दिएका छन् । उनी किर्तिचौर माध्यामिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत थिइन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर