
चैत्र,१२- भक्तपुरमा गएराती भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । गएराती भक्तपुरको सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी तर्फ आउदै गरेको बा ४ ख. २००१ नं हेलम्बु यातायातको बसले । सोही दिशा तर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चाँगुनारायण नगरपालिका ८ सुडालका ३७ वर्षका रमेश तिमिल्सिना मृत्यु भएको हो । गम्भिर घाइते भएका उनलाई उपचारको लागि डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बसको चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका ७ घर भई हाल काठमाण्डौ माकलबारी बस्ने २८ वर्षको सागर बिक्रम थापाले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर डीएसपी राजु पाण्डेले बताए ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर