
चैत्र,११- बलिउड अभिनेत्री श्रद्धा कपुर र उनका कथित प्रेमी रोहन श्रेष्ठको ब्रेकअप भएको खबर प्रकाशित भएको छ । भारतीय सञ्चार माध्यम बलिउड लाइफ र पिंकभिलामा श्रद्धा कपुरको उनका सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग ब्रेकअप भएको खबर छ । स्रोतका लागि यी दुई पछिल्लो चार वर्षदेखि सम्बन्धमा थिए ।

कसरी चल्यो हल्लाः
हुन त श्रद्धाले रोहनसँगको सम्बन्धबारे खुलेर कहिल्यै पनि कुरा गरेकी छैनन् तर उनीहरुको प्रेमको चर्चा भने भइरहने गर्दथ्यो । तर पछिल्लो पटक भने यी दुई छुट्टिएको हल्ला चलेको छ । हल्ला चल्नुको पनि एउटा खास कारण छ । खासमा रोहन श्रद्धाको जन्मदिनमा नगएका कारण यस्तो खबर आएको छ । त्यसदिन उनी फ्रि भएपनि श्रद्धाको जन्मदिनको पार्टीमा नगएको बताइएको छ । केही भारतीय मिडियाले यी दुईको सम्बन्धमा जनवरीदेखि नै खट्पट सुरु भएको बताइएको छ । अब श्रद्धाले भने यो सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
बाल्यकालका साथी हुन् रोहन र श्रद्धाः
श्रद्धा कपुर र रोहन बाल्यकालका साथी हुन् । यी दुईको परिवारबीच पनि असाध्यै राम्रो सम्बन्ध भएको बताइन्छ । यी दुईलाई धेरैजसो डिनर डेट्समा भेटिने गरिन्थ्यो । इन्टरनेटमा त उनीहरुको विवाहको समेत खबर थिए ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर