• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रधानन्यायाधीश जबराविनाको संवैधानिक इजलास रोक्न माग गरेको रिट खारेज

खप्तड मालिका न्युज March 23, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

९ चैत, काठमाडौं । प्रधानन्यायाधीशविना संवैधानिक इजलासको काम कारवाही रोक्न मागदावी गर्दै अधिवक्ता डा. गणेश रेग्मीले गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

रेग्मीले गत भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविना संवैधानिक इजलास सञ्चालन गर्न नहुने माग राखी निवेदन दिएका थिए ।

त्यही निवेदनमाथिको १७ भदौमा न्यायाधीश हरि फुयालको एकल इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यो आदेशका कारण सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ ७ महिना अवरुद्ध भएको थियो ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले रेग्मी र अधिवक्ता दीपकविक्रम मिश्रले दिएको अलग अलग रिट निवेदन खारेज गरेको हो ।

निवेदन खारेज भएसँगै १७ भदौमा न्यायाधीश फुयालको इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास सञ्चालन नगर्न भनी दिएको अन्तरिम आदेश पनि स्वतः निष्क्रिय भएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिको मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई अलग गर्न माग गर्ने र सल्लाह दिनेलाई कारवाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

रिट निवेदनमा प्रधानन्यायाधीश जबरालाई संवैधानिक इजलासबाट अलग हुन सल्लाह दिने न्यायाधीश बाहेकको इजलास गठन हुनुपर्ने माग थियो । अनि जबरालाई संवैधानिक इजलासमा नबस्न माग राख्ने कानून व्यवसायीहरुलाई पनि नेपाल कानून व्यवसायी परिषदमार्फत कारवाहीको आदेश हुनुपर्ने माग गरिएको थियो ।

संवैधानिक परिषदले गरेको नियुक्ति विवादसम्बन्धी रिटमा प्रधानन्यायाधीश जबरासमेत विपक्षी हुने भन्दै कानुन व्यवसायीले उनलाई इजलासबाट अलग हुन आग्रह गरेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश जबराले मुद्दाको सुनुवाइ हुने दिन आफू बिदामा बस्ने गरी आफूविनाको संवैधानिक इजलास गठन गर्न सहमति दिएका थिए । तर त्यसपछि रेग्मीले दिएको रिटका कारण प्रधानन्यायाधीश जबराविनाको संवैधानिक इजलास नै गठन नहुने अवस्था सिर्जना भएको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑