• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

यमनमा एउटा आँखासहित जन्मिएका बच्चा चर्चामा : आखिर कसरी जन्मिन्छन् यस्ता शिशु ?

खप्तड मालिका न्युज March 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,८– यमनको अल–बायदामा महिलाले एउटा आँखा भएका बच्चा जन्माइन । ती शिशुको जन्मिएको सात घण्टापछि निधन भयो । गल्फ न्युज अनुसार यी शिशुको जन्म अघिल्लो हप्ता बुधबार भएको थियो । यस्ता खालका शिशुको जन्म हुनु कुनै नौलो कुरा होइन । भारतमा पनि यस्तो जन्म भएको विभिन्न रिपोर्टमा उल्लेख छ । प्रश्न यो उठ्छ कि यस्ता शिशुको जन्मको कारण आखिर के हो ?

बच्चालाई देखेर सबै अचम्मित भएका थिएः

यमनको अल–बायदाको रदा शहरमा हुसैन अल अब्बासी आफ्नी गर्भवती श्रीमती जाहरालाई अल हिलाल अस्पताल लिएर गएका थिए । बच्चा जन्मिँदा उनको एउटा मात्रै आँखा थियो । डाक्टरका अनुसार यो आफ्नै खालको पहिलो घटना हो तर मेडिकल साइन्सको किताबमा यसबारे बताइएको छ । यसलाई साइक्लोप्स भनिन्छ । यमनका पत्रकार करिम जराईका अनुसार ती शिशुको एउटा मात्रै अप्टिक नर्भ थियो । मिडिया रिपोर्टका अनुसार संसारभरी ५० वर्षमा यस्तो प्रकारको ६ घटना सार्वजनिक भएको छ । ग्रिक र रोमन माइथोलोजीमा पनि एउटा आँखा भएकाहरुले कुरा गरिएको छ । यसलाई साइक्लोप्स भनिन्छ ।

हरेक वर्ष यस्ता लाखौँ बच्चा जन्मिन्छन्ः

संसारको हरेक देशमा केही नवजात शिशुमा यस्तो खालको समस्या देखिने गर्छ । संसारभरी हरेक वर्ष ८० लाख बच्चा असामान्य जन्मिन्छन् । यसमा हरेक वर्ष ३३ लाख बच्चा ५ वर्ष अघि नै आफ्नो ज्यान गुमाउने गर्छन् । यस्तै, बाँकी ३२ लाख शिशुको उपचार सम्भव पनि हुन्छ । यद्यपि, डाक्टरका अनुसार यस्ता खालका बच्चाको जीवन धेरै हुँदैन ।

कसरी जन्मिन्छन् असाधारण बच्चा ?

एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा दिल्लीस्थित तिरथराम अस्पतालका गाइनाकोलोजिस्ट डा. सुनिता वशिष्ठले धेरैजसो अवस्थामा यो वंशानुगत पनि हुन्छ । यस्तै, फोलिक एसिड, क्याल्सियम, आइरनको कमी पनि यस्ता खालका असाधारण जन्मको कारण बन्ने गर्छ ।

यस्ता परीक्षणले पत्ता लाग्न सक्छ रोगः

एनआईपीटी परीक्षण

डबल मार्कर टेस्ट

ट्रिपल मार्कर टेस्ट

परीक्षणबाट थाहा पाउन सकिन्छ रोगः

गाइनाकोलोजिस्ट डा. सुनिता वशिष्ठ अनुसार गर्भवती महिलाले डाक्टरसँग लगातार सम्पर्कमा रहनुपर्छ । थुप्रैपटक महिला एक्सरे वा अन्य परीक्षण गराउँदैनन् । यस्ता लापरवाहीबाट भने बच्नुपर्छ । गर्भवती महिलाले डबल मार्कर टेस्ट, ट्रिपल मार्कर टेस्ट र एनआईपीटी (एनआईपीटी) परीक्षण कुनै पनि हालतमा गर्नुपर्छ । यस्तै, गर्भधारणपछि पहिलो अल्ट्रासाउन्ड वा २० हप्तामा एनोमली स्क्यान पक्कै पनि गराउनुहोस् । गर्भावस्थाको १८ देखि २१ औँ हप्ताबीच गरिने अल्ट्रासाउन्ड परीक्षणलाई एनोमली स्क्यान भनिन्छ । यसमा आमाको गर्भको परीक्षण गरिन्छ, यसमार्फत् कोखमा हुर्किरहेका बच्चा र आमाको स्वास्थ्यबारे पत्ता लगाउन सकिन्छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑