
चैत्र,८- फिल्म ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरी भित्रिएकी छन् । केही दिन अगाडि अभिनेत्री बर्षा राउत हटाएर निर्माण युनिटले उनको स्थानमा उपासना भित्र्याएको हो । अभिनेत्री उपासनाले फिल्ममा भित्रन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया पाइन् । ‘सौगात मल्ल दाइसँग काम गर्ने ठुलो सपना थियो । त्यो पुरा हुँदैछ’ उनले भनिन् ‘फिल्मको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ ।’

फिल्ममा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहनेछ । आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मले २ साथीको कथा भन्नेछ । फिल्ममा दीपक मनाङ्गे र अमला देवी राईको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्म यही महिनाको तेस्रो साताबाट छायांकनका निस्कने बताइन्छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर