
बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका ८ मा रहेका बालमन्दिर आधार भुत बिद्यालय नगरकै पहिलो तिन तारे बिद्यालयमा घोषणा भएको छ ।
जिल्ला सदरमुकाम मार्तडीमा अवस्थित बालमन्दिर आधारभुत विद्यालयलाई तिनतारे विद्यालय अथवा (खानेपानी स्वच्छाता तथा सुविधायुक्त) घोषण गरिएको छ । स्वच्छ पिउने पानी, उपयुक्त शौचालय र स्वच्छ वातावरण जस्ता चरणहरुमा पुर्णता भएको सन्दर्भमा विद्यालयलाई एक कार्यक्रमका साथ तिनतारे घोषण गरिएको छ । बडीमालिका भित्रका २५ वटा विद्यालयहरु मध्ये बालमन्दिर आधारभुत विद्यालय पहिलो तीनतारे विद्यालयमा घोषणा भएको छ ।

“ तीन तारे विद्यालय हाम्रो ज्ञान, विद्यार्थी शिक्षक र अभिवाभव सबैको स्वाभिमान “ भन्ने मुल नाराका साथ आज एक औचारीक कार्यक्रमका साथ तीन तारे घोषणा गरिएको हो । युनिसेफ नेपाल, बडीमालिका नगरपालिका, साहस नेपाल र आइडीयस नेपालको सहयोगमा उक्त कार्यक्रमहरु सम्भव भएका हो । बिशेषतः युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा शौचालय, खानेपानीको धारा र स्वच्छ वातावरण बनाउनमा ठुलो भुमिका रहेको युनिसेफ नेपाल बाजुरा संयोजक इन्जिनियर राजेन्द्र जैशीले बताएका छन । विद्यालयमा बालमैत्री वातावरणमा शिक्षण गर्न सहज भएको, स्वच्च खानेपानीका धाराहरु निर्माण भएको र अपाङ्ग तथा छात्रछात्रा अलग अलग शौचालयको उचित ब्यबस्था भएकोले विद्यालयलाई एक कार्यक्रमका साथ सोमबार तिनतारे बिद्यालयका रुपमा घोषण गरिएको हो ,। विद्यालयमा नव निर्मित बालमैत्री छात्र तथा छात्रका लागि अलग–अलग प्रयोग हुने गरी निर्माण गरिएको शौचालयको पनि उद्घाटन गरिएको हो । बिद्यालया ब्यबस्थापन समितिका अध्यक्ष नरेन्द्र रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका नगर उप–प्रमुख कविता बिष्ट रहनुभएको थियो । तिनतारे बिद्यालय घोषण कार्यक्रममा बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकास रावल , मालिका नमुना माद्यामिक विद्यालयका निः प्राचार्य बिष्णु पाण्डे बिशिष्ट अतिथी रहनु भएको थियो भने कार्यक्तममा युनिसेफ नेपालका संयोजक इञ्जिनियर राजेन्द्र जोशी, साहस नेपालका राम बहादुर खत्री र आइडियस नेपालका कार्यक्रम प्रबन्धक प्रेम खनाल तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । विद्यालयलाई बडीमालिका नगरपालिकाकै पहिलो तिनतारे बिद्यालय घोषणा कार्यक्रममा बिद्यालय सेवा क्षेत्र भित्रका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो भने सेवा क्षेत्रका महिलाहरुले देउडा प्रस्तुतीबाट आगन्तुकहरुलाई स्वागत गरेकी थिइन ।
साथैै विद्यालयका बिद्यार्थीहरुले पनि बिभिन्न रोचक तथा सचेतनामुलक नृत्य तथा कविताहरु बाचन गरेको थियो । तीनतारे बिद्यालय घोषण कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले आवश्यकता पुर्ति भएको मात्र महसुस नगरी निर्माण भएका संरचनाहरुको उचित प्रयोग र सरसफाइमा विद्यार्थीहरुलाई नियमित केन्द्रीत गराएर थप परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यस्तै कार्यक्रमका बक्ताहरुले घोषणा गर्नु मात्र ठुलो कुरा नभएर सबै कुराहरुमा निरन्तरता दिनुपर्ने बताएका थिए । बिद्यालयलाई तिनतारे घोषणा गर्न बिभिन्न १० वटा सूचकहरु तय भएका थिए भने ९० प्रतिशत सूचकहरुको मापदण्ड पुरा भैसके पछि मात्र विद्यालयलाई नगरपालिकाकै तिनतारे बिद्यालय घोषणा गरिएको हो । कार्यक्रममा बोल्ने प्रमुख अतिथि लगायत बिशिष्ट अतिथिहरुले स्थानिय सरकार आएपछि विभिन्न सहयोगी निकायहरुबाट धेरै उपलब्धीहरु हाँसिल गर्न पाएको बताएका छन । यस्तो समयमा समाजको सेवाका लागी नै राजनिति गरिरहेकोले सदैब जनताको बिकासका लागी र सेवक बनेर लागेका र आगामी दिनहरुमा पनि जनताको सेवाका लागि सेवक बनेर लाग्ने बताएका छन ।
कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्टले बालमन्दिर बिद्यालयलाई यो समय सम्म पुर्याउन नगरपालिका र युनिसेफ नेपालले पहिलो प्राथमिकतामा राखेकोले बिद्यालय क्षेत्रका अभिभावक तथा शिक्षकहरुले त्यस कुरामा एकाघ्र भएर सफल भएको प्रति धन्यबाद प्रकट गर्दै आगामी दिनहरुमा आफु अहिलेको पदमा नरहदा पनि यस्ता सामाजिक काममा कहिल्यै पछि नहट्ने बताएकी छन । यसरी नगरपालिकाकै पहिलो नमुना तथा तीन तारे विद्यालय घोषणा गर्न सफल भएकोमा विद्यालयलाइ र सहयोगी निकायलाई विशेष धन्यवाद समेत दिएकी छन । यसरी विद्यालयको प्रांगणमा सम्पन्न भएको कार्यक्रमको संचालन विद्यालायका सह–शिक्षक बलवान ऐडीले गर्नुभएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर