• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

खप्तड मालिका न्युज May 22, 2026 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः बाजुरा-हुम्ला सीमा क्षेत्र अन्तर्गत हिमाली गाउँपालिका-३ लाम्पाटामा उत्पन्न भएको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ ।

बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटक माथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सर्वदलिय बैठकले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषी माथि कानुनी कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सो क्षेत्रमा सुरक्षा निकायको उपस्थिति गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।

कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिका क्षेत्रमा सवारी साधन सञ्चालनमा अवरोध नगरी निर्वाध आवागमनको वातावरण बनाउन सबै पक्षसँग संवाद र समन्वय गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

बाजुरा र हुम्ला जिल्लाबीचको आपसी सद्भाव कायम राख्दै घटनामा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याई आवश्यक सहयोग र समन्वय गर्न दुवै जिल्लाका सरोकारवालासँग अपिल गर्ने निर्णय गरिएको जानकारी दिए।

हिमाली गाउँपालिका –३ लाम्पाटामा झडप हुँदा हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ,मिन कुवर र नरबहादुर गुरुङ प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा घाइते भएका थिए ।

घाईते मध्ये ४ जनालाई थप उपचारको लागी हेलिकप्टर मार्फत उद्धार गरिएको थियो।अस्थायी प्रहरी चौकी निर्माण र सिमा विवादमा दुई जिल्लाका स्थानीयबिच झडप भएको थियो।‘हाम्रो सुदुरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल लगायतको टिमलाई रानिसैन जानबाट रोक लगाईएको थियो।

विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका –३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरुले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन।त्यस्तै नेपाल पत्रकार महासंघ बाजुराले समेत घटनाको घोर निन्दा र भर्त्सना गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका कोषाध्यक्ष उमेश बहादुर शाहीको ड्रोन क्यामरा र मोबाईल समेत जफत गरी तोडफोड गरेको र सोही विषयलाई लिएर नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका पूर्व अध्यक्ष प्रकाश बहादुर सिंहलाई सामाजिक संजालमा गाली बेईजती गरेको कुरा प्रति महासंघ बाजुराले खेद प्रकट गरेको छ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑