
चैत्र,६- नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ विमोचन गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक सार्वजनिकीकरण गरिएको हो ।

पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाको सम्पादनमा रहेर तयार ३ सय ६३ पृष्ठको पुस्तकमा नेपाली चलचित्र क्षेत्रका बहुआयाम समावेश गरिएको छ । पुस्तकमा पात्र, सन्दर्भ र चलचित्र क्षेत्रको कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरूको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ ।
विमोचन कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज–अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरूका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।
त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले ‘क्लोज–अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रूपमा व्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतही मात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढङ्गबाट लैजाने विश्वास लिएको बताए ।
पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरू समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटेर अरू पुस्तकहरू पनि क्रमशः लेख्दै जाने प्रतिबद्धता जनाए।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर