
चैत्र,५- रौतहटको देवाही गोनाही नगरपालिका-९ मा दुई पक्ष बीच झडप हुँदा पाँच जना घाइते भएका छन् । पुरानो रिसिबीका कारण नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव र एमाले समर्थित वडा अध्यक्ष जगरनाथ यादव पक्षबीच झडप भएको हो ।

काँग्रेस पक्षका फेंकु यादवको श्रीमती अनर्वा देवी र एमाले पक्षका पुनीत रायकी श्रीमतीबीच शनिबार दिउँसो भनाभन हुँदै सुरु भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएको थियो । झडपमा परेर वर्ष ६० का फेंकु यादव, ५८ वर्षीय रामबाबु यादव, ५५ वर्षीया अनर्वा देवी, चुनचुन यादव र २५ वर्षीय रवीन्द्र यादव घाइते भएका छन् । घाइते मध्ये टाउकोमा चोट लागेका रामबाबु यादवको नेशनल मेडिकल कलेज वीरगन्ज र बाँकीको गरुडा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
राम अयोध्या यादव र जगरनाथ यादव पक्ष बीच शनिबार भएको झडपको क्रममा एउटा पक्षबाट केही राउन्ड गोली प्रहार भएको कुरो आएको छ । त्यसबारे हालसम्म पुष्टि नभएको तथा थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर