
चैत्र,५ – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।

गत २०७७ साल असार २७ गते राति बेसिन्दामा पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका २५ परिवारलाई जग्गा खरिद गरि रजिष्ट्रेशन पास गरिएको र विस्थापित ९२ घरपरिवारमध्ये ३७ घरपरिवारलाई जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढेको अध्यक्ष कुलुङले बताए ।
जिल्ला विपत् व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेसँगै गाउँपालिकाभित्र नै बस्न चाहने २५ घरपरिवारका लागि प्रतिरोपनी रु एक लाख २२ हजार ६४२ मा ५३ रोपनी खरिद गरिएको गाउँपालिका अध्यक्ष कुलुङले बताए ।
यसैगरी १२ घरका लागि बखल्टुम गाउँमा प्रतिरोपनी दुई लाखका दरले १७ रोपनी खरिद गरी हस्तान्तरण गर्न लागिएको छ । पहिरोबाट विस्थापित भएका अन्य केही परिवारलाई खाँदबारी नगरपालिकासमेत ल्याउने तयारी भइरहेको उहाँको भनाइ थियो । सिलिचोङका पहिरो पीडित ५५ परिवारलाई भने खाँदबारी नगरपालिका ल्याउने तयारी भइरहेको र त्यसका लागि जग्गा खोजबिन समिति गठन गर्न लागिएको छ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर