• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

खप्तड मालिका न्युज June 29, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ताहरु समुदायमा परिचालित छन्।

डिजिटल पहुँचलाई समुदायस्तरसम्म विस्तार गर्ने उदेश्यले नगरपालिकाले ‘गाउँले गुरु (डिजिटल अभियान) अन्तर्गत ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना डिजिटल अभियान्ताहरु समुदायमा परिचालन गरि डिजिटल साक्षरता अभियान सञ्चालन गरेकाे हाे।

स्थानीय स्तरमै डिजिटल सीप भएका अभियान्तामार्फत नगरपालिकाले टाेलटाेलमा पुगेर नागरिकहरुलाई डिजिटल सेवाकाे प्रयाेग,माेबाईल तथा ईन्टरनेटकाे आधारभूत ज्ञान,सुरक्षित डिजिटल व्यवहार र प्रविधिकाे प्रभावकारी प्रयाेगबारे जानकारी तथा अभ्यास गराईएकाे हाे।

स्थानीय मेन्टरमार्फत समुदायमा व्यवहारिक डिजिटल साक्षरता विस्तार गर्ने उदेश्य सहित कार्यक्रम सञ्चालन गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए।उनका अनुसार,समुदायमा परिचालित २७ जना अभियान्ताहरुले विभिन्न सेवा सुविधाकरबारे जानकारी र सचेतना प्रदान गरेका छन्।

नगरपालिकाका डिजिटल सेवाहरू: ERC, नागरिक गुनासो व्यवस्थापन प्रणाली,प्रहरी एप,नागरिक एप, इ–सेवा लगायतका सेवाको प्रयोग तथा अभ्यास गराएका छन्। साथै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल ठगीबाट बच्ने उपाय, ओटीपी/पिन तथा पासवर्ड सुरक्षाका बिषयमा समेत सचेतना प्रदान गरेका हुन्।

याे अभियान अन्तर्गत समुदायमा च्याटजेपिटी,जिमिनी,
नाेटबुक एल,एम जस्तो AI उपकरणकाे प्रयाेग,सही Prompt तयार गर्ने तरिका,सिकाई चाैतारी तथा ई-लाईब्रेरी जस्ता डिजिटल सिकाई प्लेटफर्मकाे प्रयाेग सम्बन्धी जानकारी प्रदान गरिएको हाे।यसबाट नागरिक तथा विद्यार्थीलाई नयाँ प्रविधिसँगै जाेड्दै दैजिक जीवनमा डिजिटल साधनकाे उपयाेग बढाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

साथै यसै अभियानकाे अर्काे पक्षमा पालिकाका १० वटा विद्यालयमा विद्यार्थी लक्षित डिजिटल सारक्षरता कार्यक्रम सञ्चालन गरिएको छ।विद्यालयमा डिजिटल सिकाई सामाग्रीकाे प्रयाेग,इन्टरनेटमार्फत अध्ययन,सिकाई चाैतारीकाे प्रयाेग,र डिजिटल प्रविधि(AI) काे जिम्मेवार प्रयाेगबारे विद्यार्थीहरुलाई अभ्यास गराईएकाे हाे।

स्थानीय अभियान्तामार्फत सञ्चालन गरेकाे यस अभियानले प्रविधिकाे पहुँचलाई उपकरणमा सिमित नराखी नागरिकलाई डिजिटल सेवाकाे प्रयाेगकर्ता र सक्षम बनाउने दिशामा पुर्याउने अपेक्षा नगरपालिकाले लिएकाे छ।

डिजिटल नेपाल निमार्णतर्फ बडीममलिकाकाे याे ऐतिहासिक कदम समेत हाे।नगरपालिका हरेक सेवा सुविधालाई प्रविधिमैत्री बनाउनुका साथै नगरपालिकाले प्रविधिकाे प्रयाेग गर्न नसकेका व्यक्तिहरुकाे लागी,गाउँले गुरु,तथा एक टाेल एक अभियान्ता (डिजिटल स्वयंसेवक) परिचालन गरि ज्ञाप,सीप प्रदान गरेकाे हाे।

अहिलेकाे डिजिटल युगमा समेत पछी परेका व्यक्ति र समुदायसम्म डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यसहित समुदायमा आधारित डिजिटल साक्षरता तथा डिजिटल सशक्तीकरण कार्यक्रम शुभारम्भ गरेको हाे।यस पहलमार्फत समुदायमा आत्मविश्वास, अवसर, सुरक्षा तथा सेवाप्रतिको पहुँच अभिवृद्धि हुने विश्वास समेत लिईएकाे छ।

यस अभियानमा प्राविधिक साझेदारको रूपमा,स्मार्ट हेल्थ ग्लाेवलले सहयाेग पुर्याएकाे छ। नगरपालिकाले डिजिटल सशक्तीकरण,समावेशी विकास तथा “कसैलाई पनि पछाडि नछोड्ने”अभियानलाई निरन्तर अगाडि बढाउने नगर उप-प्रमुख नन्दा कुमारी थापाले जानकारी दिएकी छन्।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑