• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सरकार लागिपरेको छ प्रधानमन्त्री देउवा

खप्तड मालिका न्युज September 15, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई उनले आह्वान गरेका छन् ।

जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको बताए ।
२०७२ सालको भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब सम्पूर्ण ध्यान गुणस्तरीय शिक्षामै केन्द्रित हुने प्रतिबद्धता जनाए । ‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने नै छ । सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा प्राप्ति आजको आवश्यकता हो,’ उनले भने, ‘यस अभियानमा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु ।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले नमुना मच्छिन्द्र विद्यालयले दृष्टिविहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रुपले सञ्चालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपले अघि बढाइरहेको बताइन् । भूकम्पको महाविपत्तिले पुनर्निर्माणको कामलाई अघि बढाउन र कोरोनाको विपद्ले सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न ठूलो पाठ सिकाएको पनि उनले स्मरण गरिन् ।

जाईकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त विद्यालयको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिविहीन बालबालिकाको पठनपाठन हुनेछ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्धको नेपालले रोमाञ्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑