
चैत्र,४- मोटरसाइकल चोरी गरेको आरोपमा ट्राफिक प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । कालिकोटको महावै गाउँपालिका–२ घर भएका २३ वर्षीय पञ्चबहादुर सिंहलाई स्वयम्भूबाट पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाका एसपी संजीव शर्माले रातोपाटीलाई बताए ।

सिंहको साथबाट ट्राफिक प्रहरीले प्रदेश–३–०२–००३ प २४७३ नम्बरको पल्सर एन एन मोटरसाइकल बरामद गरेको छ । सो मोटरसाइकल बाँकेको कोहलपुरबाट हराएको थियो । आरोपी भक्तपुरको सल्लाघारीमा बस्छन् ।
वास्तविक नम्बर भे.१० प ४३६२ भएको सो मोटरसाइकल आशिष गुरुङको रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सिंहले २०७८ चैत २ मा यातायात कार्यालय गुर्जुधाराले लिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा अर्काको नामबाट दिएको पनि थाहा भएको छ । उनलाई चोरी मुद्दामा अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत थानकोटमा पठाएको महाशाखाका एसपी शर्माले बताए ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर