• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना अस्पतालको जिप्सन र शौचालयसमेत भत्काएर छोड्यो

खप्तड मालिका न्युज March 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,४-  ‘चाहिँदाको भाँडो नचाहिँदाको ….’ भन्ने नेपाली उखान बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका लागि ठ्याक्कै मेल खाएको छ।
कोभिड १९ को महामारी फैलिएपछि बुटवल धागो कारखानामा दुई वर्ष पहिले कोरोना विशेष अस्पताल निर्माण गरिएको थियो।

लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको निर्णयपछि बन्द रहेको धागो कारखानामा कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरिएको हो।

तर कोभिड नियन्त्रणका लागि डेढ वर्ष आश्रय दिएको धागो कारखानामा अहिले भने प्रादेशिक अस्पतालले कहिल्यै फर्किन नपर्ने गरि अस्तव्यस्त बनाएर छोडिदिएको छ।

अस्पताल निर्माणका लागि धागो कारखाना भित्र र बाहिर बनाईएका संरचना भत्काएर छोडिएको छ, भवन भित्र फोहोरको थुप्रो छ।

लुम्बिनी प्रादेशिक अस्पताल हाताभित्रै भवन निर्माण पुरा भएपछि सोही भवनमा कोरोना विशेष अस्पताल स्थान्तरण हुँदा धागो कारखानाका बेड, भेन्टिलेटर, एसीलगायत अस्पतालमा चाहिने उपकरण ल्याउँदा ल्याउन नमिल्ने अन्य संरचना समेत भत्काएर त्यसै छोडिएको छ।

आईसियू र एचडियू निर्माण गर्दा छानोमुनि राखिएको जिप्सन, शौचालयको लागि बनाईएको बारसमेत भत्काएर अलपत्र छोडिएको छ।

अस्पताल निर्माण गर्दा भवनभित्र र बाहिर संरचना फोरेर शौचालय निर्माण गरिएको थियो। तर अहिले शौचालयको सिट बाहेकको अन्य संरचना भत्काएर अलपत्र छोडिएको छ।

धागो कारखानाका कार्यालय प्रमुख डोलराज शर्माले अस्पतालमा चाहिने उपकरण र अन्य सामान लैजानु स्वभाविक भए पनि लैजान नमिल्ने संरचनासमेत भत्काएर छोड्नु गलत भएको बताए।

शर्माले ४ महिना पहिले नै धागो कारखानाबाट कोरोना विशेष अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा सारिएको भए पनि अस्पताल प्रशासनले त्यहाँको रित्तो भवनमा ताला लगाएर हिँडेको दाबी गरे।

अस्पताल निर्माण गरिएकै भवनमा धागो कारखानाका सामान र कागजातसमेत रहेकोले अस्पताललाई ताला नलगाउन र ताला लगाए पनि चाबी छोड्न भनेको थियो। तर पनि चाबीसमेत नदिएको शर्माले बताए।

‘सबै सामान लगिसकेपछि पनि ताला लगाएर जानुभएको छ, बेलाबेला एक दुई जना मानिस आएर भित्र बाँकि रहेको जिप्सन निकाल्ने गर्नुहुन्छ,’ उनले सेतोपाटीसँग भने।

अस्पताल निर्माण गर्दा पहिले गारो लगाईएको स्थान फोडेर ढोका बनाईएको र अहिले त्यही ढोकासमेत निकाल्ने प्रयास गरिएको उनले बताए। ‘शौचालयको सिट निकाल्न नमिलेर लैजानुभएन होला, बाहिर घेरेको आल्मुनियमको बारसमेत भत्काएर लैजानुभयो।’

अस्पतालले बनाएका संरचना भत्काएर छोडे पनि फोहोर भने भित्रै थुपारिएको छ। बिरामीका लत्ताकपडा, जुत्ता चप्पल, अस्पतालजन्य फोहोर समेत भवन भित्रै छोड्दा संक्रमण फैलने खतरा रहेको शर्माले बताए।

महामारीको बेला मृत्यु भएका मानिसको शव राख्न ल्याईएको शवगृह भने अस्पतालमा ल्याउन मिल्ने भए पनि बाहिरै छोडिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले भवन निर्माणपछि अस्पतालमै कोभिड वार्ड स्थापना गर्दा धागो कारखानामा रहेका आवश्यक उपकरण र सामग्री ल्याईए भन्दै संरचना विगार्ने मनसाय अस्पतालको नभएको बताए।

‘त्यहाँ रहेका उपकरण, बेड, पर्दा, शौचालयका आल्मुनियम फ्रेमलगायत ल्याउने भनिएको हो। जिप्सनसमेत भत्काएर छोड्ने भनिएको होईन, के रहेछ म बुझ्छु,’

 

यो समाचार आजको सेतोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑