• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

पाकिस्तानी कप्तान आजमको साहसिक प्रदर्शन, कोहलीसँग तुलना

खप्तड मालिका न्युज March 17, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

३ चैत, काठमाडौं । पाकिस्तान क्रिकेट टिमले टेस्ट इतिहासमा सबैभन्दा ठूलो लक्ष्य पूरा गरी इतिहास कायम गर्न सकेन । तर, उनीहरुको साहस र हौसला भने वास्तवमै प्रशंसनीय रह्यो । कप्तान बाबर आजमले करिअरकै सर्वश्रेष्ठ १९६ रनको पारी खेले । मोहम्मद रिजवान १०४ मा अविजित रहे ।

दुवै ब्याटरको सानदार शतकको सहयोगमा पाकिस्तान टिमले कराँचीमा अस्ट्रेलियालाई बराबरीमा रोक्न सफल भयो । आजमको प्रदर्शनपछि समर्थकहरुले सामाजिक सञ्जालमा उनको तुलना भारतीय पूर्वकप्तान विराट कोहलीसँग गर्न थालेका छन् । बाबरले दुई वर्षपछि टेस्ट क्रिकेटमा शतक बनाए । कोहली यही उपलब्धीका लागि साढे २ वर्षदेखि प्रतीक्षारत छन् ।

बुधबार भएको खेल पछि इङ्गल्याण्डका पूर्वकप्तान तथा क्रिकेट कमेन्टेटर माइकल भोनले बाबरको खुलेर तारिफ गरे । उनले ट्वीटमा लेखे, ‘बाबर क्रिकेटका सबैखाले फम्र्याटका उत्कृष्ट ब्याट्सम्यान हुन् ।’

कराँची टेस्टको पाँचौं दिनमा अष्ट्रेलियाले पाकिस्तानलाई ५०६ रनको लक्ष्य दिएको थियो । धेरैले यो खेलमा पाकिस्तान लक्ष्यसम्म पुग्नु त परको कुरा हार टारेमा पनि ठूलो उपलब्धी हुने बताइरहेका थिए । तर पाकिस्तानले ७ विकेट गुमाएर ४४३ रन बनायो । र खेल बराबरी भयो । यो कप्तान आजमको कीर्तिमानी प्रदर्शनकै प्रतिफल थियो ।

पाँचौं दिनको खेल सुरु हुनुअघि पाकिस्तान १९२–२ को स्थितिमा थियो । आजम र अब्दुल शफिकले ९० ओभर टिक्नु थियो । जितको आशा र हारको जोखिम दुवै थियो । खेल बराबरीतर्फ पनि मोडिएजस्तो देखिन्थ्यो ।

दुवै ब्याटरले निकै संयमित तरिकाबाट अन्तिम दिनको सुरुआत गरे । उनीहरुले कुनै जोखिम लिएनन् । बाबरले सातौं ओभरमा दिनको पहिलो चौका प्रहार गर्नुले नै धेरै कुरा अनुमान गर्न सकिन्छ ।

अन्तिम दिनको पहिलो सत्रमा पाकिस्तानले २८ ओभरमा ६२ रन जोडेको थियो । र यसक्रममा शफिक आउट भए । शफिक लन्च ब्रेकको ८ मिनेटअघि प्याट कमिन्सको बलमा स्टिभ स्मिथबाट क्याचआउट भए ।

यद्यपि आउट हुनुअघि उनले टिमका लागि गर्नुपर्ने काम पूरा गरिसकेका थिए । उनी ४ रनले टेस्ट करिअरको आफ्नो दोस्रो शतकबाट चुके । शफिकले ७ घण्टा ४८ मिनेटको पारीमा ३०५ बलको सामना गरे । उनले आजमसँग मिलेर तेस्रो विकेटका लागि २२८ रनको साझेदारी गरे ।

उनीपछि आएका फवाद आलम ९ रनको स्कोरमै कमिन्सको बलमा आउट भए । पाकिस्तानले चौथो विकेट गुमाउँदा २७७ रन बनाएको थियो ।

तर पाँचौं नम्बरमा आएका मोहम्मद रिजवानले आजमसँग मिलेर विकेटमा टिकिरहे । र, विस्तारै खेललाई अस्ट्रेलियाको पकडबाट बाहिर ल्याए ।

हार जोगाउन पाकिस्तान टिम यी दुईमा पूर्ण निर्भर बन्यो । किनभने ब्याटिङ क्रममा यी दुईमात्र ब्याटरको भूमिकामा बाँकी थिए । यी दुईमध्ये एउटालाई चाँडै नै आउट गर्न सकेको भए अस्ट्रेलिया सायद विजयी हुन सक्थ्यो ।

आजम १५७ रनको स्कोरमा खेलिरहँदा एलबीडब्यूको जोडदार अपील भएको थियो । अम्पायर अलिम दारले उनलाई आउट गरेनन् । अस्ट्रेलियाले रिभ्यू लियो । बाबर आउट भएनन् ।

चिया सत्रसम्म पाकिस्तानी टिम ३१०–४ को स्थितिमा थियो । अब पाकिस्तानलाई जितका लागि ३६ ओभरमा १९६ रनको आवश्यकता थियो । कम्तिमा बराबरीका लागि अलआउट हुनबाट बच्नुपर्ने थियो ।

त्यसपछि खेलले नाटकीय मोड लियो । अस्ट्रेलियाली भेट्रान स्पिनर नाथान ल्योनले बाबर आजम र फहिम असरफ लगातार २ बलमा आउट गरेपछि सनसनी मच्चियो ।

लामो पारी खेलेका आजम दोहोरो शतकबाट ४ रनमात्र पछि रहँदा मार्नस लाबुस्चेनबाट क्याचआउट भए । १० घण्टा ७ मिनेट क्रिजमा टिकेका उनले ४२५ बलको सामना गरी २१ चौका र १ छक्का प्रहार गरे ।

आजमले रिजवानका साथ पाँचौं विकेटका लागि ११५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । खेलपछि आजमले आवश्यक समयमा साझेदारी भएकोमा खुसी व्यक्त गरे । यो प्रदर्शनलाई करिअरकै सबैभन्दा महत्वपूर्ण बताएका आजमले आफू आउट नभएको भए लक्ष्य हासिल हुने सम्भावनासमेत औंल्याए ।

आजमको करिअरका उतारचढाव

कराँचीमा पकिस्तानलाई टेष्ट हारबाट बचाउने आजमको सर्वत्र तारिफ भइरहेको छ । तर हालै पाकिस्तान सुपर लिगका क्रममा उनको तीव्र आलोचना भएको थियो । कराँची किंग्सका लागि १० खेलमा २ अर्धशतक बनाएका उनको टिम लिगमा अन्तिम स्थानमा रह्यो ।

अष्ट्रेलियाविरुद्धको यो सिरिज बाबरको टेष्ट क्रिकेट करिअरका लागि पनि निकै महत्वपूर्ण थियो । उनले यसअघि २०२० मा रावल पिण्डीमा भएको टेष्टमा बंगलादेशविरुद्ध शतक बनाएका थिए । २० पारीपछि उनले यति ठूलो पारी खेलेका हुन् ।

टिमको हार जोगाउन बाबरले १० घण्टा ७ मिनेट क्रिजमा बिताए । यो पाकिस्तानी ब्याट्म्यानले दोस्रो पारीमा क्रिजमा बिताएको सबैभन्दा लामो समय हो ।

यसअघि सन् २००६ मा कोलम्बो टेस्टमा शोयब मलिकले ४८८ मिनेट क्रिजमा बिताएका थिए । उक्त समयमा उनले १४८ रन बनाएका थिए ।

४२५ बलको समना गरेका आजम चौथो पारीमा सर्वाधिक बल खेल्ने पाकिस्तानी ब्याट्सम्यानसमेत बनेका छन् । यसका साथै टेष्ट क्रिकेटको चौथो पारीमा सर्वाधिक रन बनाउने पाकिस्तानी ब्याटरसमेत बनेका छन् । यस अघि यूनुस खानले सन् २०१५ मा श्रीलंकाविरुद्ध चौथो पारीमा १७१ रन बनाएका थिए ।

बाबर आजम टेष्ट क्रिकेटको इतिहासमै चौथो पारीमा सर्वाधिक रन बनाउने ब्याटरसमेत बने । यसअघि इङ्ल्यान्डका कप्तान माइक एथरटनले सन् १९९५ मा दक्षिण अफ्रिकाविरुद्ध जोहानेसवर्गमा १८५ रनको पारी खेलेका थिए ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑