• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

निजी अस्पतालको कमाऊ धन्दा : पैसा असुल्न बिरामी ‘होल्ड’

खप्तड मालिका न्युज March 17, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,३- गत फागुन २९ गते तीनकुनेमा एक महिला लडिन् । कोटेश्वर तर्फबाट सरस्वतीनगर जाने क्रममा बा १ ज ७४६२ नम्बरको ट्याक्सीमा दोलखाकी ५२ वर्षीय धनमाया खत्री ठोक्किन पुगिन् । आफ्नो बाटोमा गइरहेको ट्याक्सीमा ती माहिला ठोक्किन पुगेकी थिइन् । ट्याक्सीमा ठोक्किएपछि उनको निधारमा सामान्य चोट लाग्यो र उनलाइ नजिकै रहेको कान्तिपुर अस्पतालमा लगियो ।

फागुन २९ गते अपरान्ह करिब २ बजे भएको सामान्य दुर्घटनापछि अस्पताल लगिएकी धनमायालाई कान्तिपुर अस्पतालले इमरजेन्सीमा राखेर सामान्य उपचार ग¥यो । अनि निधारमा चोट लागेका कारण टाउकाको सिटी स्क्यान गर्नुपर्ने भन्दै महाराजगञ्ज पठायो ।

कान्तिपुर अस्पतालले आफ्नो अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएको भन्दै महाराजगञ्जमा रहेको कुण्डलिनी डाइग्नोष्टिक सेन्टरमा पठायो । कुण्डलिनी डाइग्नोष्टिक सेन्टरमा सोही दिन सवा ५ बजे धनमायाको सिटी स्क्यान गरियो । सिटी स्क्यानको प्रारम्भिक रिपोर्टमा उनको टाउकोमा कुनै चोट नलागेको र अवस्था सामान्य नै रहेको रिपोर्ट आयो ।

कुण्डलिनी डाइग्नोष्टिक सेन्टरले धनमायाको टाउकोको सिटी स्क्यान गरेको शुल्क ३ हजार ५ सय रुपैयाँ लियो । कुण्डलिनीले दिएको बिलमा सिटी स्क्यानको शुल्क ३ हजार ५ सय रुपैयाँ उल्लेख गरिएको छ भने सिफारिस संस्थाको नाममा कान्तिपुर अस्पताल उल्लेख गरिएको छ ।

तीनकुनेमा रहेको अस्पतालले नजिकको अस्पतालमा सिटी स्क्यान गर्न नपठाई धेरै टाढा रहेको क्लिनिकमा सिटी गर्न पठाएको पाइएको छ । यसको कारण भनेको बिरामी पठाएवापत अस्पतालले पाउने कमिसन नै एक मात्र कारण हो । त्यसबाहेक अस्पतालले आफ्नै अस्पतालको एम्बुलेन्समा बिरामीलाई पठाएको अवस्थामा बिरामी लैजान र ल्याउने प्रयोजनका लागि एम्बुलेन्सले समेत पैसा कमायो । कान्तिपुर अस्पतालले बिरामीबाट एम्बुलेन्स शुल्कवापत १ हजार ५ सय रुपैयाँ शुल्क असुल्यो ।

सिटी स्क्यान गर्नैपर्ने भए तीनकुनेमा रहेको कान्तिपुर अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएको अवस्थामा नजिकै रहेको सिभिल अस्पतालमा पनि उसले सिफारिस गर्न सक्थ्यो । सामान्य ‘मेडिकल प्राक्टिस’ लाई हेर्ने हो भने आरटीए (रोड ट्राफिक एक्सीडेण्ट) को घटनामा आफ्नो अस्पतालमा गर्नुपर्ने चेकजाँचका लागि अस्पतालमा प्रविधि उपलब्ध नभएको अवस्थामा नजिकैको अस्पतालमा पठाउनुपर्ने हुन्छ ।

तीनकुनेबाट नजिकको अस्पताल भनेको बानेश्वरको सिभिल अस्पताल नै हो, जहाँ गुणस्तरीय सिटी स्क्यान मेसिन पनि छ । कान्तिपुर अस्पतालले सिफारिस गरेको टाउकाको सामान्य सिटी स्क्यान गर्नका लागि सिभिल अस्पतालमा मात्रै २ हजार ५ सय रुपैयाँमै हुन्छ । तर, यो अस्पतालले बिरामी पठाउने व्यक्ति वा अस्पताललाई बिरामी पठाएवापत कमिसन भने दिँदैन । यही कारण धेरैजसो निजी अस्पतालले सरकारी अस्पतालहरुमा डाइग्नोसिसका लागि बिरामी पठाउँदैनन् ।

पहिलो दिनको पहिलो पाइलामै कान्तिपुर अस्पतालले सिटी स्क्यानका नाममा अस्पतालबाट धेरै टाढा रहेको महाराजगञ्जमा पठाएर बिरामीका आफन्तलाई एउटै सिटी स्क्यानमा कम्तीमा एक हजार रुपैयाँ बढीको बिल तिराइयो ।

कुण्डलिनीमा गरिएको सिटी स्क्यानमा सबै अवस्था सामान्य नै देखियो । तर, निजी अस्पतालको ‘उपचार’ यहीँ रोकिएन । जनरल वार्डमा रहेका डाक्टरले अब घर गए पनि हुन्छ भनेको ठक्कर दिने ट्याक्सीका चालक रमेश लम्सालले रातोपाटीलाई बताए । तर, पछि वीर अस्पतालमा समेत काम गर्ने राजेन्द्र भन्ने डाक्टर आएर बिरामीलाई एचसीयु वार्डमा सार्न लगाएको उनले बताए ।

रमेशले रातोपाटीसँग भने, ‘बिरामीले मलाई केही भएको छैन, घर जान्छु भन्दै हुनुहुन्थ्यो, तर डाक्टर आएर डिस्चार्ज गर्न मिल्दैन, भर्ना गरेरै राख्नुपर्छ भन्नुभयो । किन भर्ना गर्नुपर्ने भन्दा उहाँले जे पनि हुनुसक्छ, तपाईलाई थाहा हुन्छ र भन्नुभयो, त्यसपछि हामीले केही भन्न सकेनौँ ।’

आँखाको ठीक माथि सामान्य चोट लागेको धनमायालाई कान्तिपुर अस्पतालले पहिलो दिन आइसोलेसनमा राख्यो र १५ सय रुपैयाँमा पीसीआर गर्न लगायो । अस्पतालले भोलिपल्ट मात्रै बिरामीको पीसीआर ग¥यो र पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सोही दिन एचसीयु (हाई केयर युनिट) मा पठायो ।

अस्पतालले बिरामीसँग पिसिआर टेष्ट गरेको पनि एक हजार पाँच सय शुल्क लियो, जबकि अहिले अधिकांश अस्पतालले पिसिआर गरेको शुल्क एक हजार रुपैयाँ मात्रै लिने गरेका छन् ।

बिरामीलाई जनरल वार्डमा नराखेर किन एचसियुमा राखेको भन्ने सम्बन्धमा अस्पतालले कुनै चित्तबुझ्दो जवाफ दिएको छैन । दुर्घटनाको करिब दुई घण्टापछि बिरामीले वान्ता गरेको भए पनि अस्पतालले बिरामीलाई सोही दिन एचसीयुमा पठाएन । पीसीआर चेकजाँच गरेर बिरामीको अवस्थामा सामान्य बनेपछि मात्रै अस्पतालले बिरामीलाई एचसीयुमा पठाएको पाइएको छ, जतिबेला बिरामी सामान्य अवस्थामा पुगिसकेकी थिइन् । बिरामीमा देखिएको लक्षण भनेको ब्लड प्रेसरमा केही कमी थियो, अन्य सबै कुरा ठीकठाक नै थियो ।

कान्तिपुर अस्पतालले सिटी स्क्यान, ब्लड, सुगर आदि सबैको रिपोर्ट सामान्य हुँदाहुँदै पनि दुर्घटनाको करिब ३६ घण्टापछि बिरामीलाई हाई केयर युनिटमा पठाएको छ । जबकि बिरामीको अवस्था जटिल थियो भने दुर्घटनाकै दिन एचसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्थ्यो, तर पहिलो दिन आइसोलेसनमा राखेको अस्पतालले त्यसको भोलिपल्ट सबै कुरा सामान्य भएपछि मात्रै बिरामीलाई एचसीयुमा पठाएको पाइएको छ ।

अस्पतालले बिरामीसँग प्रतिदिन औसतमा ८ हजार ५ सय रुपैयाँ शुल्क लिएर एचसीयुमा राखेको पाइएको छ, त्यो पनि औषधीबाहेकको शुल्क । कान्तिपुर अस्पतालले सामान्य अवस्थाको बिरामीलाई एचसीयुमा राखेर एचसीयु बेड शुल्क प्रतिदिन ४ हजार, एमबीबीएस डाक्टर शुल्क ७ सय, नर्सको शुल्क ६ सय, एचसीयुमा गएर ५ मिनेट डाक्टरले हेरेको शुल्क प्रतिपटक ८ सय र अक्सिजन ५० रुपैयाँ प्रतिलिटरका दरले लिएको पाइन्छ ।

बिरामी आमालाई कुरेर अस्पतालमा बसेका धनमायाका छोरा युवराज भण्डारी अस्पतालले पैसा कमाउनकै लागि अनावश्यक दुःख दिएको र अनावश्यक शुल्क लिएको बताउँछन् । टाउकोका विशेषज्ञ डाक्टर दिनमा एकपटक बेलुका मात्रै आउने गरेको भए पनि अस्पतालले एचसीयु भिजिटका नाममा दैनिक दुई पटकको दरले ३ हजार दुई सय रुपैयाँ लिएको बताए ।

युवराजले भने, ‘आमालाई सामान्य चोट लागेको थियो । पहिलो दिन त राख्यो ठीकै छ, त्यसपछि अस्पतालमा राख्नुपर्ने नै थिएन । भोलिपल्टदेखि त एचसीयुमै राखेर अक्सिजनसम्म दिन थाल्यो, जबकि आमालाई स्वास फेर्न कुनै गाह्रो थिएन । सिटी स्क्यानको रिपोर्ट नर्मल नै आएको थियो, तर पनि ७२ घण्टासम्म एचसीयुमै राखेर हेर्नुपर्छ भन्यो । यो सबै भनेको अस्पतालले पैसा कमाउन गरेको काम मात्रै हो, बिरामीलाई सामान्य चोट लागेकोबाहेक अरु केही भएकै थिएन । प्राइभेट अस्पतालको काम नै पैसा लुट्नु हो ।’

ट्याक्सीका चालक रमेश लम्साल पनि बिरामी र बिरामीका आफन्तले घर जाने भन्दा पनि अस्पतालले पठाउन नमानेको बताए । रमेशले भने, ‘बिरामीले घर जान्छु भन्नुभएको थियो, तर अस्पतालले डिस्चार्ज नै दिएन । अक्सिजन लाउनुपर्ने अवस्था थिएन, तर अस्पतालले अक्सिजन नै लगाएर राखिदियो ।’

बिरामीको उपचार गर्नु अस्पतालको अधिकार र कर्तव्य हो । तर, कुनै पनि अस्पतालले बिनाकारण बिरामीलाई होल्ड गरेर राख्न नमिल्ने चिकित्सकहरु बताउँछन् । तर, कान्तिपुर अस्पतालले सामान्य दुर्घटनाको एक बिरामीलाई बिनाआधार र कारण ४ दिन होल्ड गरेर राखिदिएको बिरामीका आफन्तको गुनासो छ । बिरामीलाई चार दिन अस्पतालमा राखेवापत बिरामीका आफन्तले करिब ६० हजार रुपैयाँ अस्पताल, औषधी र सिटी लगायतका टेष्टका लागि खर्च गरेका छन् ।

अस्पताल भन्छ ‘७२ घण्टा राख्नु अस्पतालको अधिकार’

यसै विषयमा हामीले कान्तिपुर अस्पतालका अध्यक्ष सीपी लामासँग कुराकानी गर्ने प्रयास गरेका थियौँ । तर, लामाले यस विषयमा आफूलाई जानकारी नहुने भन्दै अस्पतालका रजिष्ट्रार डा. ब्रिजेश कुमार पाठकसँग कुरा गर्न भने ।

ठूलो समस्या नभएको बिरामीलाई के कति कारणले एचसीयुमा राखिएको हो भन्ने रातोपाटीको प्रश्नमा रजिष्ट्रार पाठकले दुर्घटनाका बिरामीलाई ७२ घण्टा निगरानीमा राख्नु आफूहरुको अधिकार भएको बताए । पाठकले भने, ‘न्युरोलोजिकल प्रोटोकलअनुसार पनि दुर्घटनाका बिरामीलाई ७२ घण्टासम्म अस्पतालले निगरानीमा राखेर उपचार गर्न पाउँछ, यसलाई कुनै अन्यथा मान्नुपर्दैन । त्यो अस्पतालको अधिकार पनि हो ।’

पाठकले अगाडि भने, ‘बिरामीलाई बान्ता पनि भएको रहेछ, त्यही भएर ७२ घण्टा अस्पतालले निगरानीमा राखेर उपचार गरेको हो । सिटी स्क्यानको रिपोर्टमा तत्कालै सबै कुरा नआउन पनि सक्छ । टाउकोमा साना–साना रगतका नलीहरु हुन्छन्, ती नलीहरु पछि फुट्न पनि सक्छन् । त्यसकारण रिपोर्ट सामान्य आए पनि हामीले निगरानीमा राखेर उपचार गरेका हौँ ।’

निगरानीमा राख्ने भनेको एचसीयुमै राखेर अक्सिजन नै चढाउनुपर्ने अवस्था हो त भन्ने प्रश्नमा टाउकोका डाक्टरको सिफारिस अनुसार गरिएको उनले बताए । पाठकले भने, ‘न्यूरोको डाक्टरले एचसीयुमै राख्ने भनेपछि राखिएको हो । अक्सिजनको मात्रा कमी भएर चलाइएको होला ।’

नजिकका अस्पतालमा किन पठाइएन ?

बिरामीको सिटी स्क्यान गर्न नजिकका सरकारी वा शिक्षण अस्पतालमा नपठाएर किन टाढाको निजी क्लिनिकमा पठाएको भन्ने प्रश्नमा अस्पतालका रजिष्ट्रार पाठकले नजिकका अस्पतालमा राम्रो सिटी स्क्यान नभएको कारण टाढाको अस्पतालमा पठाएको बताए ।

पाठकले रातोपाटीसँग भने, ‘किन टाढा पठाइयो भन्नेमा दुईवटा कुरा हुन्छ, पहिलो डाक्टरको विश्वास र दोस्रो गुणस्तर । नजिकका अस्पतालहरुमा राम्रो सिटी स्क्यान मेसिन नभएको कारण टाढा पठाइएको हुनसक्छ । यसबारेमा किन त्यहाँ पठाइयो भन्ने कुरा सिफारिस गर्ने डाक्टरलाई नै थाहा हुन्छ । मलाई लाग्छ, नजिकका अस्पतालमा राम्रो सिटी स्क्यान मेसिन छैन, त्यही भएर टाढा पठाइएको हो ।’

उपचारका सम्बन्धमा प्रश्न गर्दा पाठकले पूर्वाग्रही बनेको आरोपसमेत लगाउन भ्याए । मेडिकलको सिद्धान्त सामान्य मान्छेले नबुझ्ने आरोपसमेत उनले लगाए । पाठकले भने, ‘तपाईहरु बायस्ड भएका कारण बायस्ड भएर हेर्नुभएको हो, मेडिकल टर्म र टर्मिनोलोजी तपाईहरु बुझ्नुहुन्न, यी सबै उपचारको प्रोटोकल नै हुन् ।’

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑