• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

झन्डै १४ सय विद्यार्थीलाई पढाउन १५ जनामात्र शिक्षक

खप्तड मालिका न्युज March 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२-  धनुषाको मिथिला बिहारी नगरपालिका–३ स्थित माध्यमिक विद्यालय मिथिलेश्वर मौवाहीमा १३ सय ६९ जना विद्यार्थी छन्। तर दुई जना बालविकासकासहित शिक्षक १५ जनामात्र शिक्षक छन्।

माध्यमिक स्तरका दुई र निमावि स्तरका तीन जना छन्। त्यसैगरी प्रावि तहका ८ जना शिक्षकमात्र छन्। प्रावि तहमा टिच फर नेपाल र नगरपालिकाबीच भएको सम्झौता अनुसार दुई जना शिक्षक राखिएका छन्।

१५ जना शिक्षकमध्ये प्रधानाध्यापक लालबाबु यादव प्राय:जसो विभिन्न कार्यक्रमको कागज मिलाउने र अफिस धाउनमै व्यस्त हुन्छन्।

नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार यस विद्यालयमा कम्तीमा २७ जना शिक्षक हुनुपर्ने हो। शिक्षक अभावमा विद्यार्थीका पढाइ प्रभावित भएको विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरू बताउँछन्।

शिक्षक अभावमा गुणस्तरीय शिक्षाबाट विद्यार्थी बञ्चित भएको शिक्षक देव नरायण यादवले बताए। भएका शिक्षकमध्ये पनि केही आफूले नियुक्ति पाएका बाहेकका विषय पढाउन बाध्य छन्।

एउटै शिक्षक अनुपस्थित भए विद्यालयभर कोलाहल हुन्छ।

‘अनुपस्थित भएका शिक्षकको ठाउँमा कक्षा लिन मानिरहेका हुँदैनन्, त्यही भएर झगडा पनि पर्छ। जसोतसो मनाएर कक्षा लिन लगाउँछौं,’ उनले भने, ‘शिक्षकलाई भार धेरै छ तर बच्चाको भविष्य पनि हाम्रै काँधमा छ। हामी भन्छौं यदि देशका सेनाले ज्यान दिन तयार हुन्छ भने हामी समय किन दिन सक्दैनौं?’

शिक्षक अनुपस्थित हुँदा प्रावि तहकै शिक्षकले मावि कक्षा पनि लिने गरेको उनले बताए। यद्यपि प्रावि तहका पनि केही शिक्षक मास्टर डिग्री पढेकाले खासै समस्या नभएको उनको भनाइ छ।

शिक्षक अभावमा गुणस्तरीय शिक्षा दिन समस्या भइरहेको अर्का शिक्षक विजय कुमार यादवले बताए।

उनका अनुसार एउटै कक्षामा सय जनाभन्दा बढी विद्यार्थी ह्याण्डल गर्न शिक्षकलाई समेत हम्मे परिरहेको हुन्छ।

‘जति शान्त गरे पनि अलि अलि विद्यार्थीले बोल्दा हल्ला हुन्छ। एकदम जोडले कराएर बोल्नुपर्छ नत्र पछाडिको विद्यार्थीले सुन्दै सुन्दैनन्। चार जना बस्नुपर्ने एउटा बेन्चमा ६ जना बस्नुपर्छ। कक्षामा ठाउँ पुगिरहेको हुँदैन,’ उनले भने।

१३ सय ६९ जना विद्यार्थी रहेको विद्यालयमा शौचालय समेत दुइटा मात्र छ।

विद्यार्थीलाई शौचालय प्रयोग गर्न समेत लाइन कुरेर बस्नुपर्छ। शौचालय अभावमै कतिपय विद्यार्थीले १० मिनेटसम्म कक्षा छोड्नुपर्ने बाध्यता रहेको शिक्षकहरू बताउँछन्।

नगरपालिका प्रमुख अनिल यादवले संघीय सरकारले दरबन्दी नथप्दा समस्या आएको बताए।

‘यहाँ मात्र होइन देशभर शिक्षकको दरबन्दी कम भएर समस्या भएको छ। हामीले मन्त्रालयमा ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘हामीले दरबन्दी अनुसारको गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक टिच फर नेपालसँग समन्वय गरी नियुक्त गरेका छौं।’

 

यो समाचार आजको सेतोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    समाचार

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑