
बाजुरा – जिल्ला प्रहरी कार्यालय बाजुराले बलात्कार गरेर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका– ५ तल्लो काप्री बस्ने नेत्र अर्थात नवराज शाहीले एक महिला माथि राति सुतेको अवस्थामा बलात्कारको गरी फरार रहेको पाँच वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
एकल महिला छोराछोरी सहित सुतेको मौका छोपी जवरजस्ती बलात्कार गरेको प्रमाण सहित मुद्धा चलाइएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका ३२ वर्षीय नवराज शाहीलाई जिल्ला अदालत बाजुरामा उपस्थित गराई जिल्ला कारागार बाजुरामा जेल चलान गरिएको छ ।
जगन्नाथ गाउँपालिकाको गाउँमा लेकिछिपी बसेको अवस्थामा गोप्य सुचनाका आधारमा प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी धनदेव साउँदले जानकारी दिएका छन् ।
पक्राउ परेका अभियुक्त शाहीलाई जिल्ला अदालत बाजुराले दुई वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर