
बझाङ- बिहीवार दिउँसो बझाङको थलारा गाउँपालिका–९ छालागडास्थित सेती किनारमा एक हेलिकोप्टर ल्यान्ड भयो। स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर पुगेको उक्त हेलिकोप्टरबारे सबैले चासो व्यक्त गरे।

सेती नदी किनारमा उत्रिएको आधा घन्टापछि उक्त कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकोप्टर फर्किएको थियो। भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केको भनेर त्यहाँका वडाअध्यक्ष मोहनराज जोशीले बताएका थिए। स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको ती भारतीयले भनेको बताएका थिए। उनीसँग त्यो बाहेक अन्य कुनै जानकारी थिएन। त्यसपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेको तर प्रहरी पुग्नुअघि नै हेलिकोप्टर फर्किएको थियो।
उक्त हेलिकप्टरमा पश्चिम सेती परियोजनाका लागि स्थलगत अवलोकन गर्न नेपाली नागरिक नै आएको जिल्ला प्रशासन बझाङले जनाएको छ। उनीहरु सुर्खेतबाट आएको बुझिएको सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले बताएका छन्। ‘माथिबाट नै खटाइएको र केही प्राविधिक समस्याले हामीलाई जानकारी गर्न समस्या भएको बताएका छन्’
यो समाचार आजको दिनेश खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर