
(सोलुखुम्बु) — जिल्लाको सोलुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीमा शंकास्पद विस्फोट पदार्थ (सकेट बम) भेटिएको छ । वडा कार्यालय भवनदेखि एक किलोमिटर दक्षिणमा रुखमा झुण्ड्याएर राखेको अवस्थामा बम भेटिए पछि राति नै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै पत्ताले चौकीबाट प्रहरी बम भएको स्थानमा पुगेर त्यहाँ सुरक्षा घेर बनाएर पहरा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ओमप्रकाश यादवले जानकारी दिए । ‘कालो प्लास्टिक भित्र रुखमा झुण्डाएर राखिएको अवस्थामा फेला परेको छ,’ प्रहरी निरिक्षक यादवले भने । उक्त बम डिस्पोज गर्नका लागि ओखल्ढुंगाबाट नेपाली सेनाको डिस्पोजल टोली बोलाइएको प्रहरी निरिक्षक यादवले जानकारी दिएका छन् ।
उक्त स्थल सदरमुकामबाट ३ घण्टाको सडक दुरीमा पर्दछ ।
यो समाचार आजको कान्तिपुरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर