• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हिमाली क्षेत्रका विद्यालय भरिभराउ

खप्तड मालिका न्युज March 11, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

लुक्ला — खुम्बु पासाङल्हामु गाउँपालिका–३ लुक्ला चौंरीखर्कका तेन्जिङ नोर्बु शेर्पा स्थानीय महेन्द्रज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्छन् । उनी काठमाडौंको निजी विद्यालयबाट एसईई पूरा गरेर आफ्नै गाउँको सामुदायिक विद्यालयमा भर्ना भएका हुन् । कक्षा ४ मा अध्ययनरत निमाजाङ्मु शेर्पा काठमाडौंमा ३ कक्षा उत्तीर्ण गरेर गाउँ फर्केकी हुन् ।

महेन्द्र ज्योतिमा मात्र यस्ता छात्रछात्रा भेटिँदैनन् । काठमाडौंको निजी विद्यालयमा ७ कक्षा उत्तीर्ण गरेका लुक्लाकै पल्ज्याङ शेर्पा लुक्ला आधारभूत विद्यालयमा ८ कक्षामा पढ्छन् । उनीसँगै पढ्दै छन् विवश रेग्मी । उनी पनि काठमाडौंको निजी विद्यालय छाडेर गाउँ फर्केका हुन् ।

चौंरीखर्कदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको खुम्जुङसम्मको हिमाली भेगका तीनवटा विद्यालयमा छात्रछात्रा भरिभराउ छन् । काठमाडौं र सोलुखुम्बुकै निजी विद्यालय छाडेर हिमाली गाउँको सरकारी विद्यालयमा पढ्नेको संख्या बर्सेनि बढेको छ । छोराछोरी पढाउनकै लागि अभिभावक कोठा भाडामा लिएर बसेका छन् । लुक्ला आधारभूतका निमित्त प्रधानाध्यापक तिलक ढुंगानाका अनुसार काठमाडौं र जिल्लाकै निजी विद्यालय छाडेर गत आर्थिक वर्षमा मात्र भर्ना हुन आएका छात्रछात्रा २२ जना छन् ।

अंग्रेजी माध्यममा पढाइ, कम्प्युटर कक्षा र सुविधासम्पन्न भवनको आकर्षणले हिमाली गाउँका विद्यालयमा विद्यार्थी ओइरिएका हुन् । लुक्ला आधारभूतमा मात्र ३ सय ६८ जना अध्ययनरत छन् । महेन्द्र ज्योतिमा ३ सय ५२ र नाम्चेबाट करिब एक घण्टा पैदलको खुम्जुङ माविमा ३ सय ३७ छात्रछात्रा छन् । विदेशी पर्यटकले उक्त विद्यालयलाई हिलारी स्कुल भन्ने गरेका छन् । उक्त विद्यालय एभरेस्ट आरोही एडमन्ड हिलारीले २०१८ सालमा स्थापना गरेका हुन् । ‘अंग्रेजी भाषा र विद्यालय व्यवस्थापनमा विश्वासकै कारण सरकारी विद्यालयप्रति आकर्षण बढेको हुनुपर्छ,’ महेन्द्र ज्योतिका प्रधानाध्यापक कुमारसिंह राईले भने ।

धेरै हिमाली विद्यालयमा विद्यार्थी नभएर बन्द गर्नुपर्ने अवस्थामा पुगेका बेला महेन्द्र ज्योतिमा भने कक्षा ९ र १० मा सेक्सन छुट्याएर पढाउनुपर्ने अवस्था छ । प्रधानाध्यापक राईका अनुसार छात्रछात्राको चाप बढेपछि एउटै कक्षालाई दुई भागमा विभाजन गरेर पढाइएको छ । एसईई उत्तीर्ण गरेपछि पनि ५० प्रतिशत छात्रछात्रा यहीं विद्यालयमा पढ्छन् । राईका अनुसार विषय नमिलेकाहरू मात्रै कक्षा १२ सम्म पढ्न अन्यत्र जाने गरेका छन् । अहिले प्लस टुमा ५० जना छात्रछात्रा छन् । करिब एक घण्टा पैदलको फरकमा रहेका महेन्द्र ज्योति र लुक्लामा केही वर्षअघि डेढ/दुई सय विद्यार्थी हुन्थे ।

२०१४ सालमा स्थापित महेन्द्र ज्योतिमा यति धेरै विद्यार्थी कहिल्यै नभएको उनको भनाइ छ । प्रअ राई २४ वर्षदेखि उक्त विद्यालयमा कार्यरत छन् । पछिल्लो समय सोही विद्यालयका पूर्वविद्यार्थीले सहयोग जुटाएर आकर्षक भवन बनाएका हुन् । विद्यालय भवन चारवटा छन् । ‘सरकारी रकम ७० लाखजति मात्रै हो,’ उनले भने, ‘पूर्वविद्यार्थीले जुटाएको सहयोगले नै करोडौंको भवन बनेका हुन् । एकै पटकमा २५ जनाभन्दा बढी छात्रछात्रा कम्प्युटर कक्षामा सहभागी हुन्छन् ।’

शिक्षा विकास तथा समन्वय इकाइ सोलुका अधिकृत खगेन्द्र श्रेष्ठका अनुसार सदरमुकाम आसपासका कतिपय विद्यालयमा विद्यार्थी संख्या नपुगेर गाभ्नुपर्ने अवस्था छ । उनले मुख्यतया हिमाली भेगमा अंग्रेजी माध्यमले अभिभावक बढी आकर्षित भएको बताए । निजी विद्यालय छाडेर सरकारी रोज्नुको कारण अंग्रेजी माध्यम र भौतिक सुविधा नै हो । ‘अभिभावकको रोजगारी ट्रेकिङ रुटमा हुने भएकाले पनि आफ्ना छोराछोरी त्यतै लगेर पढाउने गरेको पाइन्छ,’ उनले भने । हिमाली भेगका ती विद्यालयमा स्थानीय मात्र नभई जिल्लाका अन्य विकट भेगका बालबालिका अध्ययनरत छन् । जिल्लामा २ सय ७० सरकारी विद्यालय छन् । निजीसहित विद्यालय तहमा अध्ययनरत छात्रछात्रा जिल्लामा करिब ३० हजार छन् ।

 

यो समाचार आजको कान्तिपुरमा छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑