
फागुन, २४- भन्सार छलेर भारतबाट ल्याइएको ट्रक र कन्टेनरसहित प्रहरीले दुई जना चालकलाई नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीले करिब ९० लाख रुपैयाँ बराबरको सामान बोकेका ट्रक र कन्टेनरलाई आइतबार र सोमबार नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आइतबार ना६ख ९९९५ नम्बरको मालबाहक कन्टेनर नियन्त्रणमा लिइएको छ।
भन्सार छलेर ल्याइएका मालवस्तु र हार्डवेयरका सामान बोकेको उक्त कन्टेनर वीरगन्ज महानगरपालिका-१५ बाट आइतबार साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको हो।
सो कन्टेनरमा ४० लाख रुपैयाँ बराबरका सामान थिए। चालकसहित उक्त कन्टेनरलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।
यसैगरी, वीरगञ्जबाट लत्ताकपडा, जुत्ता र खुद्रा मालवस्तु लोड गरेर रुपन्देही लैजाँदै गरेको अवस्थामा सोमबार दिउँसो एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज-८ घन्टाघर चोकबाट ना३ख २९४४ नम्बरको ट्रक दिउँसो साढे १ बजे नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। उक्त ट्रकमा ५० लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान रहेको उनले बताए। ट्रक र चालकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बस्नेतले जानकारी दिए।
यो समाचार आजको सेतोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर