
२४ फागुन, पोखरा – चटपट बेच्ने आमा र छोरीसँग नजिक हुँदै प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा पक्राउ परेका एक चिनियाँ नागरिक पुर्पक्षका लागि जेल चलान भएका छन् । एक वर्ष अगाडि नै भिजिट भिसामा नेपाल आएका चिनियाँ नागरिक ली च्युनको पोखरा घुम्ने क्रममा चटपट बेच्ने आमा-छोरीसँग भेट भयो ।

ली दिनहुँ चटपट खाने बहानामा उनीहरुसँग भेट्न थाले । त्यही क्रममा उनीहरुबीच बोलचाल र हाँसखेल चल्न थाल्यो । चिनियाँ नागरिक उनीहरुको घरमै समेत जाने, खाना खाने गर्न थाले । लीले किशोरीलाई घुमाउन लैजाने र विभिन्न सामान किनिदिनेसमेत गर्न प्रस्ताव गर्न थाले ।
चटपट बेचेर जीविको चलाउँदै आएका परिवारसँग नजिक भएका लीको नजर १८ वर्षीया किशोरीमा थियो । लीले किशोरीमाथि पहिले विभिन्न प्रलोभनमा पारेर र पछि जबरजस्ती करणी गर्ने गरेको परिवारले थाहा पायो । लगत्तै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जबरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिइन् र ली फागुन १५ गते पक्राउ परे ।
भिजिट भिसामा नेपाल आएका ली बिजनेस भिसा बनाएर पोखरामै बस्न थालेका थिए । बिजनेस भिसा लिए पनि कुनै व्यापार नगरेका उनले किशोरीलाई जबरजस्ती करणी गर्ने र परिवारलाईसमेत विभिन्न प्रलोभन देखाउने गरेका थिए ।
‘पोखरा घुम्ने क्रममा फेवा किनारतिर चटपट बेच्ने परिवारसँग उनको भेट भएछ । आमासँगै चटपट बेच्न सघाउन जाने किशोरीमा लीले नजर लगाउन थालेछन्,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘किशोरीलाई प्रभावमा पार्न परिवारसँगै नजिक भएका लीले जबरजस्ती बलात्कार गरेको आरोप छ । आमाले किटानी जाहेरी दिएपछि कारबाहीको प्रक्रिया अगाडि बढायौं ।’
खाना खान, बस्न जान थालेका लीले एक दिन मध्यरातमा किशोरीको घरमै गएर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । १५ गते पक्राउ गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको थियो । २२ गते जिल्ला अदालत कास्कीले लीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रवक्ता तिवारीले जानकारी दिए ।
यो समाचार अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर