
२३ फागुन, सुर्खेत – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् ।

सार्वजनिक विवरण अनुसार अर्थमन्त्री विष्ट अन्य मन्त्रीहरूमध्ये गरीब देखिएका छन् । सुर्खेत बराहताल गाउँपालिका-१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ ।
मन्त्री विष्टले अहिलेसम्म मौज्दात रकम भने ७५ हजार मात्रै रहेको उल्लेख गरेका छन् । एनआईसी एशिया बैंकमा ३५ हजार र श्रीमती पुर्जा दलार्मी (विष्ट)को नाममा राष्ट्रिय वाणिज्य बैंक काठमाडौंमा ५० हजार मौज्दात रहको छ । उक्त रकम पारिश्रमिकबाट जम्मा गरिएको उल्लेख छ ।
अर्थमन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाइकल रहेको छ भने श्रीमतीको नाममा १३ लाख ऋण रहेको विवरणमा उल्लेख गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीमा कित्ता नम्बर ३१५० को २० लाख बराबरको जग्गा श्रीमतीकै नाममा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । उक्त जग्गा पनि पुर्ख्यौली सम्पत्ति र ऋण गरेर जोडेको उल्लेख गरेका छन् ।
विष्टले वीरेन्द्रनगर नगरपालिका-३ मा कित्ता नं. १८६१ र ०-०-८.२५ क्षेत्रफलमा जग्गा रहेको बताएका छन् । यो जग्गा श्रीमतीको माइतीबाट प्राप्त जग्गा हो ।
नेकपा माओवादी केन्द्रबाट गत मंसिर १४ गते मन्त्रीमा नियुक्त भएका विष्टले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पत्ति विवरण बुझाएका हुन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्ने कानुनी व्यवस्था छ ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर