
बाजुरा– बडीमालका नगरपालका नगर उप–प्रमुख कविता बिष्टले आफु नगरमा निर्बाचित भएर आईसकेपछि जनाताले सोचे अनुसार विकास गरेको बताईन् । मनागाड लघु जलविद्युतको तेस्रो साधारण सभा उद्धाटन गर्दै नगर उप–प्रमुख विष्टले नगरको विकासका लागी स्थानीय निर्बाचनमा बोलेका नारामा नगरपालिका सफल भएको बताईन् ।
जनताले चाहेका विकासका काममा नगरपालिका अग्रसर भएर शिक्षा, स्वास्थ्य सडक लगायतका कुराहरु पहिलो प्राथमिकतामा राखेर विकास गरेको उप–प्रमुख विष्टको भनाई छ । आफु नगरपालिको उप–प्रमुखको जिम्मेवारी लिएपछि नगरका दुरदराजका महिलाको समस्यालाई मध्यनजर गर्दै नगरका प्रत्येक वडामा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको र नगरका प्रत्येक वडाका नागरीकलाई आवत जावत सहज बनाउन सडक निर्माण गरी प्रत्यक वडा सडक सञ्जालमा जोडीएका छन् । त्यस्तै शिक्षा क्षेत्रमा बडीमालिका नगरपालिकाका २५ वटा बिद्यालयमा बालमैत्री सौचालय निर्माण, बालमैत्री धारा निर्माण देखि बालबालिकाका लागी टिभि जडान समेत गरीएको छ । स्थानिय सरकार आएपछि दुुरदराजका सुत्केरी महिलालाई डोकोमा राखेर जिल्ला अस्पतालसम्म ल्याउने समस्याको पनि समाधान भएको छ ।
परियोजनाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा संचालन भएको साधारण सभाको प्रमुख अतिथि बडीमालिका नगरपालिका कार्यवाहक नगर प्रमुख तथा उप—प्रमुख कविता विष्ट रहनु भएको थियो । बडिमालिका –५ का वडा अध्यक्ष बलबहादुर थापा, नेपाल शिक्षक संघका जिल्ला सचिव विपीन विष्ट लगायत बिशिस्ट अतिथि रहनु भएको थियो । त्रिवेणि– ९ र बडिमालिका –५ का जनप्रतिनिधि , बुद्धिजीवी, शिक्षक, पत्रकार, राजनैतिक दलका प्रतिनिधि लगाएत करिब २ सय जना उपभोक्ताको सहभागितामा संचालन भएको थियो । परियोजनाका उपाध्यक्ष गिठे मिजारले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन परियोजनाका ब्यबस्थापक दानबहादुर साउदले गर्नुभएको थियो ।
शनिबार उद्घाटन सत्र सम्पन्न भएको र आईतबार बन्द सत्र मार्फत आम उपभोक्ताको सहमतिले नयाँ समिति गठन हुने मनागाड लघुविघुत परियोजनाका अध्यक्ष दयाराम थापाले बताउनु भएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर