
काठमाडौँः महानगरीय प्रहरी प्रभाग कपनले २ महिला सहित १३ जनलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुबाट ३ लाख सन्तान्नब्बे हजार रुपैयाँ, १९ थान कौडा दाना बरामद भएको प्रहरीले जनाएको छ। बिहिबार राती ८ बजेतीर काठमाडौँ महानगरपालिका – ६ बौद्ध रामहिटी नजिक मानिसहरु जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपनको टोली गएको थियो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका – ६ राहिटी बस्ने ७२ वर्षका प्रेमबहादुर भण्डारी, भोजपुर नगरपालिका ९ स्थायी घर भई हाल कापनपा–३५ बस्ने ५२ वर्षका सन्तोष श्रेष्ठ, कामनपा ३५, पेप्सीकोला बस्ने ५५ वर्षका निर कुमार शर्मा, कामनपा ६ चुच्चेपाटीका ४८ वर्षका रेशम बहादुर तामाङ, कामनपा ६, नयाँबस्तीका ६३ वर्षका नकुल राई, संखुवासभाको पाँचखपन नगरपालिका १ घर भई हाल कामनपा ६ सरस्वतीनगर बस्ने ४१ वर्षका भोला लिम्बु, कामनपा ७ चाबहिल बस्ने ४९ वर्षका रिठे भुजेल, बुढालिनकण्ठ नपा ८ का ५० वर्षे हरीसुन्दर खड्का, सोही ठेगानाका ३३ वर्षका दिपक केसी, कमनपा ६ तिनचुलीका ४३ वर्षे नैन कुमार लामा, सोही ठेगानाका ४० वर्षका अनिल लामा, रोप्पाको सुवर्णमति गाउँपालिका ३ घर भई हाल कामनपा १० सामाखुसी बस्ने ३८ वर्षकी कमला सिंह र सोही ठेगानाकी ३० वर्षे शारदा सिंह रहेको प्रहरीले जनाएको छ ।
यो समाचार आजको दिनेश खबरमा छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर