
१९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा घोषणा गरेको १६ सदस्यीय नेपाली टोलीमा गत महिना ओमानमा भएको विश्वकप क्वालिफायर नखेलेका ७ जना खेलाडी पनि समेटिएका छन् ।
लिग टूका लागि नेपाल क्रिकेट संघले घोषणा गरेको टोलीमा सोमपाल कामी, करण केसी, विनोद भण्डारी, पवन सर्राफ, रोहित पौडेल, बिक्रम सोब र भीम सार्की पनि समेटिएका छन् ।
त्यस्तै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख,आसिफ सेख, कमल सिंह ऐरी, विवेक यादव र सागर ढकाल पनि टिममा परेका छन् ।
युएई जानुअघि नेपाली टोलीले श्रीलंकाका तयारी गर्नेछ । टोली मार्च ५ मा श्रीलंका जानेछ र त्यहाँको फर्स्ट क्लास टिमसंग ४ अभ्यास खेल खेल्नेछ । त्यसपछि मार्च १४ मा नेपाली टोली युएई जानेछ । नेपाल, युएई र पपुवा न्यूगिनी सम्मिलित सिरिज मार्च १५ देखि सुरु हुनेछ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर