
खाँदबारी : सङ्खुवासभाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ बर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।

अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइराखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए। रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला प्रहरी प्रहरी निरीक्षक खतिवडाले बताए।
पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत सङ्खुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। थप अनुसन्धानका लागि रतुवा मृत चैनपुर सबडिभिजन वन कार्यालय पोखरी पठाइएको प्रहरी निरीक्षक खतिवडाले बताए। पक्राउ परेका श्रेष्ठलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरिएको छ।
यो समाचार आजको दिनेश खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर