• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

भारतीय पक्षले दार्चुलाका ७ स्थानमा झोलुंगे पुल बनाउन अनुमति दिएन, बनेका सञ्चालनमा आएनन्

खप्तड मालिका न्युज March 1, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः महाकालीका तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुंगे पुल हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय समस्यामा छन्। तुइन समेत भारतीय सीमा बलले हटाएपछि व्यास गाउँपालिकाका बासीन्दाको दैनिकी थप कष्टकर बनेको छ।

व्यास गाउँपालिका वडा नम्बर ६ बडू गाउँस्थित महाकाली नदीमा गत फागुनमै झोलुंगे पुल निर्माण भएको थियो। यस्तै वडा नम्बर ४ मल्घट्टेमा नेपाल–भारत जोड्ने झोलुंगे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भएको थियो। तर दुवै पुलमा तालाबन्दीसँगै भारतीय एसएसबीले तुइन समेत हटाइ दिएपछि आवतजावत रोकिएको स्थानीयको गुनासो छ। स्थानीयले व्यास गाउँपालिका र जिल्ला प्रशासनलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन।

भारतका विभिन्न स्थानमा निर्वाचन भएकाले सुरक्षालाई मध्यनजर गरी सुरक्षाकर्मीले तुइन हटाएको व्याँस गाउँपालिकाकाका अध्यक्ष दिलिप बुढाथोकीले बताए। ‘२ वटा पुल निर्माणसँगै सम्पन्न हुनुपर्ने र एकैपटक हस्तान्तरण गर्नुपर्ने भएकाले ती पुलहरुमा आवातजावतमा रोक लगाइएको बुझिएको छ’ अध्यक्ष बुढाथोकीले भने, ‘पुलसँगै रहेका तुइन भने भारतमा भइरहेको निर्वाचनका कारण छोटो समयका लागि मात्र हटाइएको हो।’

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले दार्चुलाका ४ स्थानमा झोलुंगे पुल निर्माणको ठेक्का लगाएको थियो। मालिकार्जुनको बाकु पुल र बडूगाउँ पुल तथा व्यास गाउँपालिका वडा नम्बर २ मा भारतको गस्कु र नेपालको माल जोड्ने पुल र मल्घट्टे पुल छन्। मल्घट्टे र मालमा २ करोड ७३ लाखमा झोलुंगे पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। बाकु र बडू गाउँमा झोलुंगे पुल निर्माण गर्न २ करोड ५५ लाख ६४ हजारमा पुल बनाउने सम्झौता छ।

२ वटा पुल एकै प्याकेजमा निर्माण सम्पन्न गरेर सँगै सञ्चालनमा ल्याउनुपर्ने कार्ययोजना भएकाले पुल सञ्चालनमा नआएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। ‘एउटै पुल भएपनि सञ्चालनमा ल्याउन पहल भइरहेको छ, यसका लागि समन्वय भइरहेको छ’ उनले भने, ‘तुइन कानुनी रुपमा अवैध नै भएकाले भारतीय पक्ष मात्र नभएर नेपाली पक्षबाट समेत विस्तापित गर्नुपर्छ तर अहिले हटाईका तुइन पुनः सञ्चालनमा आएको सूचना पाएका छौँ।’

निर्माण कम्पनीले सस्पेन्सन ब्रिज कार्यालयलाई र ब्रिज कार्यालयले स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान छ। तर यी दुवै काम भएका छैनन्। तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुंगे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिए पनि भारतीय पक्षबाट ४ स्थानमा मात्र अनुमति प्राप्त भएको थियो। बाँकी ७ स्थानमा पुल नबन्ने भएपछि स्थानीय चिन्तित बनेका छन्।

झनै एसएसबीले महाकालीमाथिका आधा दर्जन तुइन हटाएपछि व्यासवासीको भारतीय भूमिसँगको सम्पर्क टुटेको स्थानीयको गुनासो छ। गत साउनमा व्यास गाउँपालिका वडा नम्वर २ मालमा तुइन तरिरहेका बेला भारतीय सुरक्षाकर्मीले लट्ठा फुस्काइदिएपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए।

यो समाचार आजको दिनेश खबरमा छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑