
बाजुरा– सुदूरपच्शिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकाको प्रमुखमा नियुक्त भएर काम गर्दा जहिले जनताको हितमा रहेरर काम गर्ने अठोट लिएको बताउनुभएको छ ।


आफु जनताको काकममा लागिरहँदा संबिधानको अक्षरअंश पालना गरेर काम गर्ने बताउनुभयो । राट्रसेवक कर्मचारी भईसकेपछि ऐन कानुनमा रहि काम गर्न र दवावमा परेर कर्मचारीहरुले कानम नगर्न समेत अनुरोध गर्नुभएको छ । बडीमालिका नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले यस्तो बताउनुभएको हो ।

प्रदेश प्रमुख जोशी प्रदेश सरकारको प्रमुखमा नियुक्त भएपछि पहिलो पटक बाजुरा पुग्नुभएको हो । पहिलो पटक गृह जिल्लाको सदरमुकाम मार्तडी पुगेका प्रमुख जोशीलाई बाजुराको सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाले पालिकामा भब्य स्वागत गरेको छ । बडीमालिका नगरपलिकाले प्रदेश प्रमुख जोशीलाई दोसल्ला ओडायर सम्मान्न तथा अभिनन्दन गर्नुभएको छ ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको सम्मान तथा स्वागत कार्यक्रममा सुदूरपच्शिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहनुभएको थियो । जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरपालिक नगर उप–प्रमुख कविता विष्ट, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख र कार्यालयका प्रमखहरुको उपस्थिती रहेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर