
१५ फागुन, काठमाडौं – सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा सन्दर्भ ब्याजदर बढाइएको छ ।

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो ।
गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो । सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर बडाइएको जानकारी दिए ।
यस अघि यस्तो ब्याजदर १४.७५ प्रतिशत थियो । सन्दर्भ ब्याजदर भनेको सहकारी संस्थाहरूका लागि तोकिने ब्याजदरको अधितम सीमा हो । अब सहकारी संस्थाहरुले १६ प्रतिशतसम्म ऋणमा ब्याजदर लिन सक्नेछन् । यसअघि विभागक तत्कालीन रजिष्ट्रार डा. टोकराज पाण्डेको कार्यकालमा सन्दर्भ ब्याजदर घटाएर १४.७५ प्रतिशत बनाइएको थियो ।
पछिल्लो समय बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका छन् । बैंकहरूले ब्याजदर बढाउँदा यसको असर सहकारी क्षेत्रमा परेको थियो । भएको निक्षेपसमेत गुम्न थालेको भन्दै सहकारीकर्मीहरूले सन्दर्भ ब्याजदर बढाउनु पर्ने माग राख्दै आएका थिए ।
विभागले सहकारी संस्थाहरूले लिने व्यक्तिगततर्फको सेवा शुल्कलाई यथावत राख्दै संस्थागतको भने बढाएको छ । अब व्यक्तिगततर्फ १ प्रतिशत र संस्थागत तर्फ १.५ प्रतिशतसम्म सहकारी संस्थाहरूले सेवा शुल्क लिन पाउने विभागका राष्जिष्ट्रार पण्डितले जानकारी दिए ।
यो समाचार आजको अनलाईन खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर