• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 26, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

सत्यवती एकेडेमीलाई धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि

खप्तड मालिका न्युज February 26, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

विद्याभुषण पब्लिक स्कुल गेटा कैलालीलाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले छैठौं संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर-१९ स्कुल स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक जितेको छ।

उपाधि सहित सत्यवती एकेडेमीले एक लाख पचास हजार रुपैयाँ तथा उपविजेता बिद्याभुषणले पचहत्तर हजार रुपैयाँ प्राप्त गय्रो।

धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणका नुरेन बिस्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सत्यवती एकेडेमीको बलिंगमा युवराज खत्री र निरज भट्टले समान तिन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो।

सत्यवतीको ब्याटिंगमा अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए जुन क्रममा उनले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गरे। यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे। आदील अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए।

सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिंग साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो। चौंथो विकेटको लागि आदील अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे।

बिद्या भुषणका बलर प्रदिप चन्दले तिन विकेट तथा बिरेन्द्र नाथले एक विकेट लिए। महँगो सावित भएका टिम कप्तान शेरले ४ ओभर बलिंग गर्दा ७९ रन खर्चेर विकेटविहिन रहे।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए जसले २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान विद्या भुषणका बिरेन्द्र नाथ तथा उत्कृस्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित भए जसले जनही दश हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए जसले १० हजार रुपैयाँ प्राप्त गरे।

फाल्गुन २ गते देखि सुरु भएको प्रतियोगितामा दश टोलिको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑