
१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाको अधिकार भारतीय कम्पनीलाई नै दिने भएको छ ।

कैलालीको धनगढीमा सम्पन्न क्यानको साधारणसभाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको हो । जबकी २१ असोजमा बसेको बोर्ड बैठकले उक्त कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
चतुरबहादुर चन्द नेतृत्वको क्रिकेट संघले २०७७ मंसिमा नेपाल टी–२० लिग आयोजना गर्ने जिम्मा १० वर्षका लागि सेभेन थ्री स्पोर्टसलाई दिने प्रस्ताव गरेको थियो । त्यसबेला प्रस्तावित सम्झौताअनुसार सेभेन थ्री स्पोर्टसले चरणवद्ध रुपमा क्रिकेट संघलाई करिव ४२ करोड दिने भनिएको थियो ।
तर ठूला इभेन्टहरु नै नगरेको कम्पनीलाई नेपाल टी–२० लिगको सम्पूर्ण अधिकार दिन खोजेको भन्दै विरोध भयो । । साथै सरकारले पनि अनुमति दिएन भने सेभेन थ्री स्पोर्टसले पनि अनुमति पाउनुपूर्व गर्नुपर्ने कामहरु गरेन ।
असोज २०७८ मा बसेको बोर्ड बैठकले सरकारले अनुमति नदिएको र भारतीय कम्पनीले पनि गर्नुपर्ने कामहरु नगरेको भन्दै सम्झौता गर्ने निर्णय गरेको थियो ।
तर शनिबार सकिएको बोर्ड बैठकले फेरि त्यही कम्पनीलाई नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको छ । यो पटक सम्झौता अवधि १० बाट घटाएर ८ वर्ष कायम गरिएको छ भने रकम ४२ करोडबाट ३३ करोड रुपैयाँभन्दा बढी भनिएको छ ।
क्यानका एक सदस्य भन्छन्, परिमार्जन गर्ने विषयहरुमा नयाँ सहमति गर्ने भनिएको छ ।’ यद्यपि फेरि विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिन खोजिएको भन्दै ५ जनाले नोट अफ डिसेन्ट राखेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर