
१३ फागुन, काठमाडौं । ओमानमा सम्पन्न टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । समूह चरणमा सबै खेल जितेको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल विश्वकपमा छनोट हुन सकेन ।

तर टिममा देखिएको एकता नै यो टुरको उपलब्धी भएको कप्तान र प्रशिक्षकले बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान सन्दीप लामिछानेले भने, युवा टिमको यो राम्रो सुरुवात हो । टिमले जस्तो प्रदर्शन गरेको छ, यसले भविष्यका लागि राम्रो संकेत गरेको छ ।’
यद्यपि जित्नैपर्ने दिन खराब दिन बन्दा टी–२० विश्वकपमा छनोट हुन नसकेको उनले बताए । यसले ठूलो टोलीसँग खेल्ने अवसर गुमेको उनले बताए ।
बिहीबार घरेलु टोली ओमानलाई हराएर नेपालले सान्त्वना स्वरुप तेस्रो स्थानमा क्वालिफायर टुंग्याएको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका क्रिकेटर म्यानेजर विनोद दासले स्वागत गरे ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर