
बाजुरा– बडीमालिका नगरपालिका ८ का किशोरी तथा महिलाहरुलाई सेनेटरी प्याड तथा धामीझाँक्रि अन्धविश्वास सम्बन्धी कार्यक्रम गरीएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ रापक टोलका किशोरी र महिलालाई जनचेतना सम्बन्धी कार्यक्रम गरीएको हो । कार्यक्रममा बडीमालिका नगरपालिका नगर उप–प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी कविता विष्टले छाउपडि प्रथालाई समस्याको रुपमा नलिन र प्रकृतिको नियम भएकाले सहजै रूपमा लैजान समग्र महिलालाई आग्रह गर्नुभएको छ । बिगतका दिन हरूमा महिला दिदिबहिनी हरुले सोच्नु भएका नराम्रा र कुरीतिको सोचलाई बदलेर नयाँ युगमा जानुपर्ने बताउनुभयो । गाउँमा पुरानै प्रवृतिले हाम्रो छोरी बहिनीहरू लाई असहज हुन नदिन सबैले सोच बदल्नुपर्ने नगर उप–प्रमुख विष्टको भनाई छ । सम्वृद नगर खुसि नगरवासिका साथ अब बडीमालिकामा छाउपडि प्रथा अन्त्यका लागि सबैको साथ आवश्यक रहेको बताईन् ।
बडीमालिका नगरपालिका वडा न ८ का वडाध्यक्ष प्रकाश रावलले वडामा जनताका माग हरूलाई सम्बोधन गर्दै बिकासका कामलाई प्रथामिकतामा राखेर वडाको बिकास गरेको बताए ।
आगामी दिनमा समेत छाउपडी प्रथाको अन्त्य गर्न सबैको साथ र सहयोगले सफल हुने समेत बताएका छन् । हामिले अबका दिनहरूमा सकारात्मक सोचका साथ अघि बढे नगरको छाउपडी अन्त्यको सपना सकार गर्न सकिने बताए ।
बडीमालिका नगरपालिकावडा नं. ८ ले छाउपडि गोठ मुक्त अभियान संचालन गरेपछि शुक्रबार किशोरी हरूलाई सेनेटरि प्याड निमार्ण कसरी गर्ने भन्ने बिषयमा एक दिने कार्यक्रम सम्पन्न भएको हो । बडीमालिका नगरपालिका वडा नं. ८ का वडाध्यक्ष प्रकाश रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका नगर उप–प्रमुख कविता विष्ट रहनु भएको थियो । बडा सदस्य नर बहादुर ऐडी, जिल्ला प्रहरी कार्यालयका नारायण बिस्ट पीसविनका महेस जैशी वडा सचिव सरिता ठकुन्ना कार्यक्रममा विशिष्ट अथिति रहनुभएको थियो । उक्त कार्यक्रमको संचालन महिला बिकास शाखाका बिन्दु बडाल गर्नुभएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर